शनिबार , बैसाख १५, २०८१

काठमाडौं, ।

नेकपा (एमाले) को एकता जोगाउनको लागि दोस्रो पुस्ताका नेताहरु सक्रिय भएका छन् ।

अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालबीच वारपारको अवस्था भएको बेलामा दुवै पक्षका दोस्रो तहका नेताहरु वार्तामा बसेका छन् ।

हिजोमात्रै दुवै पक्षका नेताहरु योगेश भट्टराई, घनश्याम भुषाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, विष्णु पौडेल, विष्णु रिमाल, प्रदीप ज्ञवालीलगाय छलफलमा बसेका थिए ।

उक्त बैठकमा नेताहरुले अब पार्टीका शीर्ष नेताहरुलाई नेतृत्वबाट विदाई गरेर अभिभावकको भूमिकामा राख्नुपर्ने प्रस्ताव अघि सारेका थिए ।

यसमा दुवै पक्षका नेताहरुको सहमति रहेको बुझिएको छ । बैठकमा सहभागी एक नेताकाअनुसार पार्टी अध्यक्ष केपी शर्मा ओली, नेताहरु झलनाथ खनाल, माधव नेपाल, वामदेव गौतम र ईश्वर पोखरेललाई अब अभिभावकको भूमिकामा राख्नुपर्ने प्रस्ताव तयार भएको हो ।

बरु, अब पार्टीको नेतृत्व युवा पुस्तालाई हस्तान्तरण गर्नुपर्ने उनीहरुको जोड छ ।

पछिल्लो समय अध्यक्ष अ‍ोलीले पार्टी एकताको लागि अघि सारेको ६ बुँदे प्रस्ताव पनि नेपाल पक्षले अस्व्किार गरिसकेको छ ।

ओलीको प्रस्ताव एकताको लागि भन्दापनि विभाजनको लागि आएको नेपाल पक्षधर नेताहरुको आरोप छ ।

उनीहरुले पार्टी एकताको लागि आफूहरु गम्भीर भएपनि अध्यक्ष ओलीले आफूहरुले अघि सारेका शर्तहरु स्विकार गर्नुपर्ने माग गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय