काठमाडौं ।
आफू गर्भवती भएको गाइँगुइँलाई अभिनेत्री प्रियंका कार्कीले सत्य सावित गरिदिएकी छिन् । परिवारसँग होली खेलेको तस्विरमा प्रियंका गर्भवती भएको अनुमान गरिएको थियो ।
उक्त तस्विरलाई आधार मान्दै उनी गर्भवती भएको गसिप पनि चलेका थिए । तर, प्रियंका स्वयमले सामाजिक संजालमार्फत आफू प्रेगेनेन्ट भएको पुष्टि गरेकी छिन् ।
प्रियंका केही मोटाएको र बेबी बम्प लुकाएको तस्वीरपछि धेरै फ्यानले उनलाई यो प्रश्न गरेका थिए ।
त्यसको केही दिनपछि प्रियंकाले आफू आमा बन्न लागेको भन्दै तस्वीर सार्वजनिक गरिन् । उनले लेखिन्–‘अबदेखि नसोध्नुहोला । हामी गर्भवती छौ ।’
यसपछि भने प्रियंकाले दैनिक एउटा तस्वीर राखिरहेकी छिन् । उनै, प्रियंकाले आयुष्मानसँगको एक तस्वीर राख्दै लेखेकी छिन्–‘हाम्रो सानो चमत्कार’ ।
नायिका कार्की र नायक देशराजलाई उनका फ्यान, शुभचिन्तकले वधाई दिइरहेका छन् ।
गतबर्षको फागुण १६ गते वैवाहिक जीवनमा बाधिएकी नायिका कार्कीले शुभचिन्तक, आफन्त र चलचित्रकर्मीबाट पाएको शुभकामनालाई आफूले मायाको रुपमा लिएको उल्लेख गरेकी छिन् ।
यो तस्बिर राखेसँगै नायिका कार्कीलाई नकरात्मक टिप्पणी गर्ने जमात नै बढेको छ। अझै पनि नेपाली समाजमा महिला गर्भवती हुनेलाई उत्सव रुप हेर्न सकिरहेको अवस्था छैन। सुदर्शन खवर