मंगलबार , बैसाख १८, २०८१

काठमाडौं :

नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ। मृत्यु हुने दर यो अहिलेसम्मकै उच्च हो।  यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ।

यस्तै पछिल्लो २४ घन्टामा थप ४ हजार ९२८ जनामा संक्रमण पुष्टि भएको छ। १२ हजार ९५७ पीसीआर र ९६३ एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ हजार ९२८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै बिहीबार थप ८८८ जना डिस्चार्ज भएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ। मन्त्रालयका अनुसार ५९ जना ३४ हजार ११७ आइसोलेसनमामा छन्।

 

साथमा यो पनि

उपत्यकामा थप १५ सय ६१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५ सय ६१ जनामा कोरोना भाइरस (कोभिड-१९)संक्रमण पुष्टि भएको छ। स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौंका ११ सय २७ जना, भक्तपुरका १८२ जना र ललितपुरका २५२ जनामा कोरोना संक्रमण भेटिएको हो।

बिहीबार मात्रै नेपालमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप ३५ जनाको मृत्यु भएको छ। यो सहित कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार २ सय ४६ पुगेको छ।

यस्तै पछिल्लो २४ घन्टामा उपत्यकाकासहित ४ हजार ९२८ जनामा संक्रमण पुष्टि भएको छ। १२ हजार ९५७ पीसीआर र ९६३ एन्टिजेन विधिबाट परीक्षण गर्दा ४ हजार ९२८ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तै बिहीबार थप ८८८ जना डिस्चार्ज भएका छन्। यो सहित कोरोनाबाट निको हुनेको संख्या २ लाख ८० हजार १६७ पुगेको छ। मन्त्रालयका अनुसार ५९ जना ३४ हजार ११७ आइसोलेसनमामा छन्।

annapurna post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय