इलाम। इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा सुहाङ नेम्बाङ फराकिलाे मतसहित विजयी भएका छन् ।

 

नेम्बाड निकट्तम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका डम्बर खड्काभन्दा ५८ सय ३० मत बढी ल्याएर विजयी भएका हुन् ।

 

नेम्बाङले २७ हजार ७७२ मत ल्याएका छन् भने खड्काले २१ हजार ९४२ मत ल्याएका छन् । तेस्रो मत स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिमले ल्याएका छन् । उनले ११ हजार ४५७ मत ल्याएका छन् । यसरीनै राष्ट्रिय स्वतन्त्र पार्टीका मिलन लिम्बुले ५ हजार ५० मत ल्याएका छन् । यस क्षेत्रका सांसद तथा संविधानसभाका अध्यक्ष सुवासचन्द्र नेम्बाङको गएकाे भदौ २६ गते आकस्मिक निधन भएपछि बैशाख १५ गते उपनिर्वाचन गरिएको हो । सुहाङ नेम्बाङकै सुपुत्र हुन् । कानुनमा स्नातकोत्तर गरेका सुहाङ बाबु जस्तै भद्र शालिन र विनम्र स्वभावका छन् ।

 

उपनिर्वाचनमा स्वतन्त्रसहित १९ जना उम्मेदवार चुनावी मैदानमा थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय