मंगलबार , बैसाख १८, २०८१

म पागल भै सके यिनीहरुले प्रमाण लुकाएर मलाई जेल हाल्ने प्लान बनाएका छन्, म जिन्दगि देखि हारखाइ सकेँ,सिधै मर्दिन्छु म सुसाइड गर्छु,अब भयो मलाई भन्दै लाईभमा शर्मिला वाईबा यस्तो भन्छिन ।

संतोष देउजाले हार्दिक होटेलमा म मार्फत केटि मगा उथ्यो तर पैसा तिर्थेन मेले तिरिदिन्थें शर्मिला वाइबा संतोष देउजाले हार्दिक होटेलमा म मार्फत केटि मगाउ, थ्यो, तर पैसा तिर्थेन मैले तिरिदिन्थें शर्मिला वाइबा भिडियो समाचारको अन्त्यमा छ,शर्मिला वाईबाले गरिन खुलासा, हे भगवान लगाईन सन्तोष देउजालाई गम्भीर आ,,रोप।

सन्तोष देउजालाई एस्तो सम्म भनिन । मेरो आफ्नै मामाको साथि सन्तोष देउजाले मलाई चितवन लगेर भन्यो भान्जी ऋषि धमलाले तिम्लाई इन्डियाबाट मान्छे ल्याएर मार्छ, यो केस यही मिलाउ भन्दै एस्तो भनेको भन्दै शर्मिला वाईबाले पत्रकार सन्तोष देउजालाई एस्तो भयंकर आरोप लागाएकि छन् सर्मिला वाइ बाले पत्र कार सन्तोष देउजा लाई लगाइन येस्तो आ;रोप ।

सर्मिला वाइ बाले पत्रकार सन्तोष देउजा लाई लगाइन येस्तो आरोप उन्ले भनेको छ सबै मलाई फसौने मेरो मामा भनौदो भनेर उन्ले सन्तोष देउजा लाई आरोप लगाएको छ । किन एस्तो आरोप लगाको भन्ने कुरा पुष्टी हुन सएको छैन। आउनुश यो भीड्यो जुन भीड्यो मा सम्पूर्ण कुराउलेख गरिएको छ ।”

यो पनि अर्घाखाँचीको प्रमुख जिल्ला अधिकारी (सीडीओ) छिन् मीना अर्याल । ‘स्टेट फर्वार्ड’ प्रशासकको रूपमा आफ्नो पहिचान बनाएकी मृदुभाषी उपसचिव मीना माघ १२ गते जिल्लाको पहिलो महिला सीडीओ बनिन् । अर्घाखाँची उनी हुर्किएको र अध्ययन गरेको जिल्ला पनि हो । उनका पति गोपाल अर्याल पनि प्रमुख जिल्ला अधिकारी नै छन् । कञ्चनपुर जिल्लाको सीडीओ गोपाल सहसचिव हुन् ।

नेपालको निजामती सेवामा पतिपत्नीले नै जिल्ला हाँक्ने दुर्लभ संयोग अर्याल दम्पतीलाई मिलेको छ । उसो त स्याङ्जापछि गुल्मी निजामती सेवाका लागि अहिले उर्बर भूमिका रूपमा चिनिन थालेको छ । सरकारी सेवामा प्रवेश गर्नेहरूको अनेकन संघर्ष, प्रेरणा र सफलताका कथामध्ये एक हो गोपाल–मीना दम्पतीको निजामती यात्रा । गुल्मीको रेसुङ्गा नगरपालिका–१० का गोपाल–मीनाको जोडी आफू मात्र अब्बल भएको छैन, निजामती सेवामा प्रवेश गर्न चाहनेका लागि पाठशाला पनि बनेको छ ।

निजामतीमा प्रवेश गर्न चाहनेले मीना र गोपालबाट धेरै सिक्न सक्छन् । अझै रोचक त के छ भने मीना र गोपालले विक्रम संवत् २०५५ सालमा शाखा अधिकृतमा एकैपटक खुला प्रतिस्पर्धाबाट नाम निकालेका थिए । आजभन्दा २५ वर्षअघि लोकसेवाको अधिकृतस्तरमा उत्तीर्ण हुने मीना जिल्लाको पहिलो महिला पनि थिइन् । मीनाले विक्रम संवत् २०५१ सालमा सहायक लेखापालबाट र गोपालले विक्रम संवत् २०५२ सालमा नायव सुब्बा (नासु) बाट निजामती सेवामा पहिलो पाइला चालेका थिए । मीना निजामती सेवामा प्रवेश गर्दा २१ वर्षकी थिइन् ।

पतिपत्नी नै राष्ट्रसेवामा लागेपछि उनीहरूको निजी जीवन साँघुरो भयो । मीना र गोपालले पेशागत चुनौती र बाध्यतासँगै परिवारको व्यवस्थापनलाई कुशलतापूर्वक निभाउँदै अगाडि बढेर निजामतीको उपल्लो तहसम्म आइपुगेको सीडीओ गोपाल बताउँछन् ।

रेसुङ्गा नगरपालिका–३ अर्खलेमा जन्मिएकी मीनाको विक्रम संवत् २०४५ सालमा ९ कक्षामा पढ्दापढ्दै साविक सिमिचौरका गोपालसँग मागी विवाह भएको थियो । विवाह गर्दा गोपालले तम्घासमा प्रविणता प्रमाणपत्र तह अध्ययन गर्थे । ‘विद्यालय तहको पढाइमा पनि म सधैं प्रथम हुन्थे,’ मीना भन्छिन्, ‘क्षमतामा महिला र पुरूष फरक होइनन् भन्ने मेरो सानैदेखिको बुझाइ थियो । अहिले पनि त्यहीँ नै छ ।’

मीना सहायक लेखापाल, सहलेखापाल, नायव सुब्बा, शाखा अधिकृत हुँदै उपसचिव सबैमा खुलाबाट पहिलो पटकमै लोकसेवा उत्तीर्ण गरेकी हुन् । ‘सीडीओमा सबल नेतृत्व र प्रशासनिक हिसाबले कमाण्ड गर्न सक्ने ‘लिडरसीप’ हुनुपर्छ,’ मीना भन्छिन्, ‘जिल्लाको नेतृत्व गर्दा धेरै खटिनुपर्छ । कमाण्ड गर्नुपर्ने, प्रमुख जिल्ला अधिकारी अर्धन्यायिक निकाय पनि भएको हुँदा ऐन, नियम, कानूनको पर्याप्त ज्ञान हुनुपर्छ साथै सीडीओ क्षमता प्रदर्शन गर्ने पद पनि हो ।’

‘श्रीमान्–श्रीमतीले नै एउटै समयमा जिल्लाको कमाण्ड गर्न पाउँदा हामीले भाग्यमानी ठानेका छौं,’ सीडीओ गोपालले भने । गोपाल विक्रम संवत् २०५५ सालमा अधिकृत, विक्रम संवत् २०६१ सालमा उपसचिव र २०७३ सालमा सहसचिव बनेका हुन् । मीना भन्छिन्, ‘सहसचिवमा दुवैको नाम निस्किएको थियो । उहाँ (गोपाल) उत्तीर्ण हुनुभयो, मेरो अन्तर्वार्ता बिग्रियो ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय