मंगलबार , बैसाख १८, २०८१

काठमाडौं:

आइतबारदेखि केन्द्रीय मुख्यालय धुम्बाराहीमा शुरु भएको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक ‘बहिस्कार’ गर्नेमा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली एक्लो नेता ठहरिएका छन् ।

ओली बैठकमा अनुपस्थित रहे पनि उनकै गुटका सबै नेताहरु सहभागी बनेका छन् ।

नेकपाका प्रथम अध्यक्ष ओलीले बैठकमा उपस्थित नहुने बताए पनि स्थायी कमिटीको बैठकको निर्णय मान्दिनँ भन्न सकेका छैनन् ।

उनले आफू सहभागी नहुने बैठकले सकारात्मक हस्तक्षेप गरेर विवेकसम्मत निर्णय लिने विश्वाससमेत व्यक्त गरेका छन् । बैठकमा पत्र पठाएकाले ओली अनुपस्थित रहेको भन्न नमिल्ने नेताहरुको विश्लेषण छ ।

आइतबारको बैठकमा एक्लो अनुपस्थिति, अनि सोही बैठकबाट गरिएको आशलाई हेर्दाखेरि केपी ओली व्यक्तिगत दम्भका कारणले मात्रै बैठकमा नगएको देखिन्छ ।

किनभने, उनले आफ्नै गुटका नेताहरुलाई पनि बैठकमा सहभागी नहुनोस् भनेर रोक्न सकेको देखिँदैन । ओलीले सचिवालयमा प्रचण्डद्वारा प्रस्तुत प्रस्तावलाई लाञ्छनापत्रको संज्ञा दिँदै त्यो फिर्ता नभएसम्म बैठकमा नजाने अडान राखेका छन् ।

तर, आइतबारको बैठकमा केपी ओलीकै नजिकका नेता शंकर पोखरेलले दुबै अध्यक्षको प्रस्तावलाई मिलाएर साझा बनाउन माग गरिसकेका छन् ।

प्रधानमन्त्री ओली र शंकर पाखरेलका यी फरक धारणालाई हेर्दाखेरि प्रचण्डको प्रस्तावमाथि छलफल गर्नु हुँदैन भन्नेमा ओली मात्रै एक्लै परेका छन् ।

यो अडानमा ओलीलाई उनकै गुटका नेताले समेत साथ छाडेर बैठकमा सहभागिता जनाएको देखिएको छ । आइतबार बालुवाटारमा सुरु भएको स्थायी कमिटीको बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री ओली मात्र अनुपस्थित रहे ।

अन्तिम समयमा धुम्बाराही नजाने निष्कर्ष निकालेका ओलीले सचिवालय सदस्य ईश्वर पोखरेल मार्फत् दुई पन्ने पत्र पठाए, जुन पत्र स्थायी कमिटीमा वाचन गरेर सुनाइयो ।

प्रचण्डको पत्र फिर्ता नभएसम्म र त्यसमाथि हुने छलफलमा सहभागी हुन असमर्थ रहेको स्थायी कमिटी सदस्यहरुलाई ओलीले जानकारी दिएका छन् ।

‘आफूले खारेज गरिसकेको र पार्टीलाई विभाजनको डिलमा पु¥याएको त्यस्तो संगीन आरोप–पत्रका बारेमा हुने छलफलमा सहभागी हुन म असमर्थ रहेको ब्यहोरा कमरेडहरुलाई अनुरोध गदर्छु’, ओलीको पत्रमा उल्लेख छ । अनलाईन खबरबाट ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय