मंगलबार , बैसाख १८, २०८१

November 25, 2020, Wednesday

दीपक मनाङेकी श्रीमती दिक्छेन लामा चोरी मुद्दामा पक्राउ
२०७७ मंसिर १० मनाङबाट प्रत्यक्ष निर्वाचित गण्डकी प्रदेश सभाका सदस्य दीपक मनाङे भनेर चिनिने राजीव गुरुङकी श्रीमती दिक्छेन लामा डाँका चोरी मुद्दामा पक्राउ परेकी छिन्। हेटौंडामा समातिएकी उनलाई प्रहरीले कास्की जिल्ला प्रहरीको हिरासतमा राखेको छ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी सुवास हमालले दिक्छेनलाई कास्की जिल्ला अदालतबाट बुधबार ७ दिनको म्याद लिई थुनामा राखेको जानकारी दिए। उनले दिक्छेन सांसद गुरुङकी श्रीमती भए नभएको भन्नेबारे खुलाउन चाहेनन्। दिक्छेनमाथि पोखरा १० रक्षामार्गको एक घरबाट २० लाख रुपैयाँ जतिका बहुमूल्य धातु डाँकाचोरी गरेको आरोप छ। कात्तिक ८ गते डाँकाचोरी गरेको जाहेरी मंसिर ४ गते जिल्ला प्रहरी कार्यालय कास्कीमा परेको डिएसपी हमालले जनाए। ‘ऊ बदमास हो,’ उनले भने, ‘मैले नै प्रहरीलाई भनेर पक्रन लगाएको हो।’ डेढ महिनादेखि हराइरहेको र पछि माइती हेटौंडाको पदमपोखरी बसेकी छन् भन्ने पत्ता लगाएर आफूले नै प्रहरीलाई खबर गरी पक्रन भनेको मनाङेले बताए ।‘मेरो श्रीमती हो भनेर उम्कन दिनुहुन्न,’ सांसद गुरुङले भने, ‘बदमासी गर्नेलाई सख्त कारबाही गर्नुपर्छ, नेताको श्रीमती हो, छोराछोरी हो, दाजुभाइ हो, आफन्त हो भनेर कसैलाई पनि छोड्न हुन्न।मध्यबिन्दु बाट

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय