मंगलबार , बैसाख १८, २०८१

पूर्वसंचारकर्मी रवि लामि’छानेले चुनाव लड्ने क्षेत्रकोे टुंगो लग’भग लागेको छ । स्वतन्त्र’बाट लड्ने चर्चाका बीच सबैलाई चकित पार्दै नयाँ पार्टी गठन गरेका लामि’छाने लामो छल’फलका बीच चुनाव लड्ने क्षेत्रको टुंगो लगभग भएको हो ।

 

संचार’कर्म छोडेर राष्ट्रिय स्वतन्त्र पार्टी’मार्फत राजनीति’मा होमिएका लामिछानेले काठ’माडौँको निर्वाचन क्षेत्र नम्बर २ बाट आगामी प्रतिनिधिसभाको निर्वाचन लड्ने लग’भग पक्का भएको छ । स्रोतका अनुसार पूर्व’प्रधानमन्त्री माधव कुमार नेपाल रौतहटबाट चुनाव लड्ने पक्का भए’पछि यो क्षेत्र’बाट सहज हुने भन्दै लामि’छाने यो निर्णय लगभग पुगि’सकेका छन् ।

 

अरु केही भव्यतब्य नभए एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालको निर्वाचन क्षेत्रबाट चुनाव लड्ने फिक्स भएको हो । श्रोतका अनुसार लामिछाने र उनको टीमले आन्तरिक एपमा काठमाडौँ २ भन्दा बाहिर मतदाता नामावली भए दुईमा सार्न अपिल गरेका छन् ।

 

‘मेरो श्रीमतीको माइतीघर दुई नम्बरमा पर्छ, विहे गरेर आएपछि ५ नम्बर भएको थियो ।’, रवि लामिछाने निकट श्रोतले भन्यो, ‘रवि लामिछाने दुई बाट उठ्ने भएपछि उन’लाई उता सार्न लगाएको छु । उनका साथिहरुले पनि त्यसै गरेका छन् ।’

 

नयाँ बस्ति भएका’ले चुनाव जित्न सजिलो हुने विश्वास’का साथ रविले काठमाडौँ क्षेत्र नम्बर २ रोजेका हुन् । नेकपा एसका अध्यक्ष नेपालले रौतहट’बाट लड्ने तयारी गरेको सूचनामा आधा’रमा लामिछानेले २ नम्बर क्षेत्र रोजेको श्रोतको दावि छ । – प्रहा’र न्युज

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय