मंगलबार , बैसाख १८, २०८१

असार

 

मदन भण्डारीको हत्याको प्रमाण लुकाउने के पी वली र विद्यादेवी भण्डारी हुन्ः जगन्नाथ खतिवडा

 

नेकपा एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई गृह जिल्लामा पुगेर गम्भीर आरोप लगाएका छन् ।

 

झापाको बिर्तामोडमा समाजवादी प्रेस संगठनले शनिबार आयोजना गरेको पत्रकार सम्मेलनमा मदन भण्डारी र जीवराज आश्रितको ह’त्याको प्रमाण नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले लुकाएको आरोप लगाएका हुन् ।

 

बोल्दै नेता खतिवडाले मदन भण्डारी र जीवराज आश्रितको ह’त्यापछि केपी ओलीको नेतृत्वमा बनेको एक सदस्यीय कार्यदलले अहिलेसम्म प्रतिवेदन सार्वजनिक नगरेको बताए ।

 

आफूलाई मदन भण्डारीको सक्कली उत्तराधिकारी हुँ भन्दै प्रस्तुत गर्ने केपी ओलीले आफू दुईतिहाइ नजिकको शक्तिशाली प्रधानमन्त्री र भण्डारीकै श्रीमती विद्यादेवी भण्डारी राष्ट्रपति हुँदासमेत ह’त्याराको खोजी गर्न नसकेको उपमहासचिव खतिवडाको गम्भीर आरोप थियो ।

 

नेकपा एमालेले अहिले मदन भण्डारीको नाममात्रै बेचिरहेको अर्को आरोप लगाए ।

 

उनले एमालेले कम्युनिष्ट चरित्र गुमाउँदै गएको र राष्ट्र तथा राष्ट्रियतालाई सत्तासँग सौदाबाजी गर्दै गएकोले एमालेमा बसेर सच्चा कम्युनिष्ट हुन नसक्ने ठहर गर्दै आफूहरू अलग भएको उनको प्रष्टिकरण थियो ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय