मंगलबार , बैसाख १८, २०८१

कैलाली ।

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू अहिले प्रधानमन्त्री नभएपनि प्रधानमन्त्री भन्दा कम नभएको टिप्पणी गरेका छन् ।

आज (बुधबार) कैलालीको भजनी नगरपालिका प्रशासकीय भवन बुधवार उद्घाटन गर्दै दाहालले यस्तो बताएका हुन् । उनले आफूले कम्युनिष्टहरुको एकता गरेर एउटा सपना देखेको भएपनि त्यो सपना केपी शर्मा ओलीको कारण पूरा नभएको बताए ।

उनले भने,‘मैले त सपना देखेको थिएँ, कम्युनिष्टहरुलाई एकता गरेपछि देशमा राजनीतिक स्थायित्व होला, छिटो छिटो विकास होला ।

सामाजिक न्याय होला भनेर केपी ओलीलाई मैले नै दुईचोटी प्रधानमन्त्री बनाएँ, तर अब उनी नायक होईन खलनायक बनेछन् । प्रचण्डले जनताको अगाडि बोलेको कुरा नगर्ने कसम खाए ओलीले, त्यसै भएर उनी बालुवाटारबाट बालकोट पुगे, अहिले सातै प्रदेशबाट सरकारबाट हात धुन परेको हो ।’

उनले आफू अहिले प्रधानमन्त्री नभएको तर प्रधानमन्त्री भन्दा कम पनि नभएको भन्दै यो कुरा बुझिराख्न आम नेता तथा कार्यकर्तालाई आग्रह गरे । उनले भने,‘हिजो पनि मैले शेरबहादुरजीसँग भनेर आएको छु,

तपाईँको प्रदेशमा जाँदैछु है भनेर आएको छु, यहाँबाट फर्किएपछि विकास निर्माणका कामको लागि बजेटको व्यवस्था गर्छु । खुशीको कुरा के हो भने अहिले अर्थमन्त्री पनि हाम्रै पार्टीको नेता हुनुहुन्छ ।’

दाहालले माओवादी केन्द्र बलियो भयो भने राष्ट्र पनि बलियो हुने र जनताले पहिचान र अधिकार पनि पाउने बताउनुहुँदै माओवादी केन्द्र कमजोर भए पाएको अधिकार पनि गुम्ने बताए ।

उनले आफू यो कुरा भावनामा आएर बोलेको नभई देखेर र भोगेर भनेको बताए । उनले भने,‘माओवादी केन्द्रलाई बलियो बनाउने जिम्मा माओवादीको मात्र नभई सम्पूर्ण जनताको हो । ’ पाथिभरा न्युजबाट साभार गरियको खबर ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय