मंगलबार , बैसाख १८, २०८१

तनहुँ ।

जिल्लाको शुक्लागण्डकी नगरपालिकास्थित सेती नदीमा ख’सेर गत मङ्गलबार बेप’त्ता भएकी एक युवतीको श’व आठ दिनपछि फेला परेको छ ।

टिकटक बनाउने बहानामा शुक्लागण्डकी नगर पालिका–८ स्थित रक गार्डेनबाट सेती नदीमा ख’सेकी सोही ठाउँकी युवती आज मृ’त अवस्थामा फेला परेकी हुन् ।

१९ वर्षीया पवित्रा लम्सालको श’व भिमाद नगरपालिका–७ सेती नदीको किनार सिस्नेरी घाटमा फे’ला परेको जिल्ला प्रह’री कार्यालय तनहुँका प्र’हरी नायब उपरीक्षक (डीएसपी) युवराज तिमिल्सिनाले जानकारी दिए ।

सेती नदी किनारमा श’व देखेपछि स्थानीयवासीले प्रहरीलाई खबर गरेका थिए । मृ’तकको श’व आफन्तले पहिचान गरेका छन् । ‘श’व परीक्ष’णका लागि दमौली अस्प’ताल ल्याइएको छ’, डीएसपी तिमिल्सिनाले भने ।

वि’वाह भएको पाँच दिनमा मा’इत आएकी उनी साथीहरुसँग घुम्ने क्रममा रक गार्डेनमा पुगेकी थिइन् । त्यसक्रममा साथीहरुले उनको भिडियो खिचेका थिए । भिडियोमा ‘पवित्रा नजा नजा’ भनेको सार्वजनिक भएको थियो । घट’नाका बारेमा अनु’सन्धान भइरहेको प्रहरीले जनाएको छ । अनलार्इन नेपालबाट साभार गरियको खबर

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय