शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं ।

अर्थमन्त्री विष्णु पौडेलले शनिबार आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेट भाषण गरिरहदा धेरै ठाउँमा चिप्लिए । उनले धेरै शब्दहरुको उच्चारण गलत गरे । लामो भाषण भएकाले होला उनी हड्भडाए जस्तो पनि देखिन्थे ।

यतिकैमा उनले एउटा शब्द उच्चारण गरे जुन अहिले सामाजिक संजालमा चर्चाको विषय बनेको छ । उनले आपूर्ति व्यवस्थाका बारेमा आगामी बजेटमा उल्लेख गरेको बुँदाहरु पढ्ने क्रममा जिब्रो चिप्लिएर अपशब्द भने । उनले बजेट वक्तव्य सुनाउने क्रममा ‘बजारमा हुने एकाधिकार र मूल्य मिलेमत्तो निर्मूल गर्दै आपू…’ भने ।

उनको जिब्रो चिप्लिएपछि उच्चारण भएको अश्लिल शब्द अरुले पनि थाहा नपाएका होइनन् । त्यसैले त उक्त भिडियो अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ । फेसबुकमा धेरैले आपूर्ति शब्द अर्कै सुनिएको प्रतिक्रिया दिएका छन् ।

अर्थमन्त्री विष्णु पौडेलले उक्त शब्द उच्चारण गरेपछि अहिले सामाजिक संजालमा हाँसो भएको छ । यो मात्र नभएर अन्य शब्द उच्चारण गर्दा पनि अर्थमन्त्री चिप्लिएका थिए । उनले बजेट भाषण गर्ने क्रममा धेरै ठाउँमा शब्द गलत पढेका थिए ।

उनले गलत शब्दहरु धेरै ठाउँमा सच्चाए तर केहि शब्द सच्चाउनुपर्नेमा पत्तै पाएनन् । यति लामो भाषण पढेको अनुभव भनएका कारण पनि उनको जिब्रो चिप्लिएको प्रतिक्रियाहरु आएका छन् ।

केहि समयअघि यसरी नै एक नायिकाको जिब्रो चिप्लिदा चर्चा भएको थियो । चर्चित नायिका प्रियंका कार्कीले ‘टिक्दैन’ भन्नुपर्नेमा अर्कै अपशब्द बोलेकि थिइन् । उनले धेरैले टिक्दैन भन्नुहुन्थ्यो भन्नुपर्नेमा धेरैले चि.. बताएका थिए ।

सामाजिक संजालमा उनी ट्रोलको शिकार भनेकि थिइन् । यदि बजेट भाषण पनि कलाकारीता जस्तै गोसिपको विषय भन्थ्यो भने आज अर्थमन्त्री भाइरलनै हुन्थे । जे होस्, लामो समय भाषण गर्दा ध्यान दिनतर्फ अब सबैले सोच्न आवश्यक छ । शान्तिवोटवाट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय