शुक्रबार , बैसाख १४, २०८१

काठमाडौँ, ६ जेठ: कोभिड–१९ सङ्क्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले रेम्डेसिभिर उत्पादन गर्ने अनुमति दिएपछि नेपालमा नै उत्पादन हुने भएको हो ।

विभागका सूचना अधिकारी सन्तोष केसीले रेम्डेसिभिर उत्पादन गर्नका लागि वीरगञ्जस्थित नेशनल हेल्थ केयरलाई अनुमति दिइएको जानकारी दिए । औषधि उत्पादन गर्ने कम्पनीका सबै संरचना हेरेर र उत्पादन गर्ने सक्ने भएपछि मात्र अनुमति दिइएको जनाइएको छ ।

यसअघि नेपालमा सो औषधि भारत र बङ्गलादेशबाट ल्याउने गरिएको थियो । औषधिको मूल्य करीब रु पाँच हजार पर्छ । नेशनल हेल्थ केयरका उपाध्यक्ष अजय पाण्डेले अनुमति पाइसकेपछि चीनबाट कच्चा पदार्थ ल्याउने तयारी गरिएको जानकारी दिए । यही जेठ १७ गतेसम्म औषधिका लागि कच्चा पदार्थ ल्याइने र १५ दिनपछि उत्पादन गरेर बजारमा पु¥याइने बताइएको छ ।-रासस

काठमाडौं, ६ जेठ । नेपालका लागि बेलायती राजदूत निकोला पोलिटले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेट गरेकी छिन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, सिंहदरबारमा आज भएको भेटवार्तामा प्रधानमन्त्री ओलीले बेलायतले गरेको सहयोगका लागि धन्यवाद ज्ञापन गरेका थिए । त्यस्तै, नेपाली जनताका लागि कोभिडविरुद्धको खोप उपलब्ध गराउनपनि राजदूतसमक्ष अनुरोध गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

राजदूतसँगको भेटवार्ताबारे जानकारी दिँदै प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्-“प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज नेपालका लागि बेलायती राजदूत Nicola Pollit ले शिष्टाचार भेट गर्नुभयो। उक्त अवसरमा बेलायतले गरेकाे सहयाेगका लागि प्रधानमन्त्रीज्यूले धन्यवाद ज्ञापन गर्नुहुँदै नेपाली जनताकाे लागि AstraZeneca Covid- 19 vaccine उपलब्ध गराउन अनुराेधसमेत गर्नुभएको छ।” रिपोटर्स नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय