“जेठ ०३, एजेन्सी। अमेरिकाको मेरील्यान्डमा कारभित्र बसिरहेका एक व्यक्तिले ओठमा बलिरहेको चुरोट च्यापेर हातमा स्यानिटाइजर दल्दा वि स्फोट भएर कार खरानी भएको छ ।”

“फेडरल प्लाजा शपिङ सेन्टरको पार्किङ लटमा बिहीवार अपराह्न कारमा बलिरहेको चुरोट र स्यानिटाजरको सम्पर्कले वि स्फोट ग रा एको हो । चुरोटको झिल्कोले स्यानिटाइजरलाई टिपेपछि कार प ड्के को मन्टगोमरी काउन्टी फायर यान्ड रेस्क्युले जनायो ।”

“कालो टोयोटा कारमा आगो लागेपछि अग्निनियन्त्रकहरूले त्यसलाई निभाएका थिए । तर कार क्ष तिग्र स्त भएको छ र कारचालकको हात र तिघ्रा डढेको छ । उनलाई स्थानीय अस्पताल लगिएको थियो । ‘हावा राम्ररी आउनजान नपाउने कारभित्र स्यानिटाइजर प्रयोग गर्दै चुरोट सल्काउनु ख तर नाक काम हो,’ दमकल विभागका प्रवक्ताले बताए ।”

“यो पनि, भुटानी शरणार्थीद्वारा स्वास्थ्य सामग्री प्रदान तेस्रो मुलुक पुनर्वास भएका भूटानी शरणर्थीहरुले कोरोना सङ्क्रमितहरुका लागि चाहिने स्वास्थ्य सामग्री सहयोग गरेका छन् । यहाँस्थित दमक अस्पताल कोभिड विशेष उपचार केन्द्रलाई पिपइ, अक्सिजन नाप्ने पल्स अक्सिमिटर, सेनिटाइजर, मास्कलगायतका सामग्री प्रदान गरिएको हो ।”

“दमकको बेलडाँगी भुटानी शरणार्थी शिविरका पूर्वसचिव टीकाराम रसाइलीको अगुवाइमा ‘आँसु पुछौँ’ नामक सहयोगी संस्थामार्फत रु एक लाख मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको शरणार्थी शिविरका अर्का पूर्वसचिव युवराज राईले बताउनुभयो ।”

“यस्तै संस्थाले अस्पतालमा खटिने प्रहरी, दमक वडा नं २ र ३ का जनप्रतिनिधिलाई स्यानिटाइजर जस्ता स्वास्थ्य सामग्रीसमेत उपलब्ध गराएको छ । सामग्री हस्तान्तरण गर्दै फेन्स क्लब बीआरसीका अध्यक्ष तथा पूर्व शिविर सचिवसमेत रहेका राईले कोरोना सङ्क्रमितको उपचारमा चाहिने भेन्टिलेटर मेसिन खरिद गर्नका लागि रु १० लाख जम्मा गर्ने कार्य भइरहेको जानकारी दिनुभयो ।”

“यसअघि शरणार्थी बसोबास गरिएको खाली क्षेत्रमा गत वर्ष एचडीयूसहितको ३० शय्याको कोभिड अस्पताल निर्माण गरिएको नगरपालिकाले जनाएको छ । अहिले त्यस अस्पतालमा शरणार्थीसहित दुई दर्जन सङ्क्रमित उपचाररत रहेको नगर स्वास्थ्य शाखाका बद्री बरालले बताउनुभयो ।”

मेचीमहाकाली

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय