शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं ।दा’ङका एक जोडीले विवाह खर्च कटौती गरेर को’रोना संक्र’मितकाे अक्सिजनका लागि रकम प्रदान गरेका छन् । घोराही नगरपालिका वडा नम्बर–१८का अविनाश राना र सिर्जना रानाले केही दिन अघि गरिएको विवाहमा खर्च कटौती गरी अक्सिजन खरिद गर्न राप्ती स्वास्थ्य वि’ज्ञान प्रति’ष्ठानलाई ५१ हजार रुपैयाँ प्रदान गरेका हुन् ।विवाह खर्च कटाइ अक्सिजन खरिदका लागि रकम सहयोग गरेर सा’माजिक उत्त’रदायित्व बहन गर्न पाएकोमा खुशी लागेको नवविवाहित जोडीको भनाइ छ ।

राना र कुँवर बीच को’रोनाको महामारीमा केही दिन पहिले स्वास्थ्य मापदण्ड अपनाइ विवाह भएको थियो । नव विवाहित जोडीले प्रतिष्ठानका उप’कुलपति प्रा’ध्यापक डाक्टर संगीता भण्डारी, निर्देशक डाक्टर प्रज्ञा बस्नेत, कायममुकायम रजिस्ट्रार झङ्कार लामिछानेलाई ५१ हजारको चेक हस्तान्तरण गरेका थिए ।उपकुलपति भण्डारीले कोरोनाको म’हामारीमा आफ्नो विवाह खर्च कटाएर अक्सिजन सिलिन्डर खरिदका लागि प्रतिष्ठानलाई सहयोग गरेकोमा धन्यवाद दिँदै विवाहित जोडीलाई सफल दाम्पत्य जीवनका लागि शुभ’कामना दिएका थिए ।-रातोपाटि बाट

यो पनि,,,खुशीको खबर : प्रतिमिनेट ८० लिटर अ’क्सिजन उत्पादन गर्न सकिने प्लान्ट गोरखा अ’स्पतालमा जडान,,गोरखा । गोरखा अस्पतालमा अक्सिजन प्लान्ट जडानको काम आज सम्पन भएको छ । करिब ४९ लाख रुपैयाका लागतमा अक्सिजन प्लान्ट जडान गरिएको अस्पतालका सूचना अधिकारी कृष्ण ढकालले जानकारी दिनुभयो । भुकम्पले क्षति पु¥याएको अस्पतालको नयाँ भवन निर्माणको काम भइरहेकाले तत्कालका लागि कोरोना संक्रमित बिरामीको उपचार गर्न अक्सिजनको अभाव हुन नदिन अस्थायी पा’इपलाइन जडान गरि मेसिन सञ्चालन गर्ने गरि प्लान्ट जडान गरि’एको उ’हाँले बताउनुभयो ।

‘आइसियु बेड सञ्चाल’नका लागि भवन नभएपनि निर्माणधिन भवनको बन्न लागको क्यान्टिनमा एचडियु बेड जडानको काम भइरहेको छ, उहाँले भन्नुभयो, त्यहाँसम्मका लागि अस्थायी पाइप मार्फत भएपनि बिरामीलाई अ’क्सिजन दिन’सक्ने गरि प्लान्ट सञ्चालन गर्न मेसिन जडान सम्पन्न गरिएको छ ।’ अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट बिरामी भएको बेडमा सिधै अक्सिजन दिन सकिने उ’हाँले जा’नकारी दिनुभयो ।

सूचना अधिकारी ढ’कालले मेसिन जडानको काम सकिएको भएपनि बेडसम्म अ’स्थायी पाइपलाईन निर्माणका लागि बढीमा दुई दिन अझै लाग्ने जानकारी दिनुभयो । ‘ठेकेदार कम्पनीले नै प्राबिधिक झिकाएर अस्थायी पाइप लाइन निर्माण गर्न लागेको छ, उहाँले भन्नुभयो, मंगलबारसम्ममा पा’इपलाइन जडानको काम पनि सकिन्छ भन्नेछ ।’ अस्पतालमा जडान गरिएको अक्सिजन प्लान्टबाट प्रति मिनेट ८० लिटर ग्याँस उत्पादन गर्न सक्ने प्राबिधिकले जानकारी गराएको सूचना अधिकारी ढकालले बताउनुभयो ।

‘यो मेसिनबाट सिधै पा’इपलाइन ज’डान गरि बिरामी भएको स्थानमा पोर्टहरु राखेर बिरामीलाई अक्सिजन दिन सकिन्छ, उहाँले भन्नुभयो, ‘जडान गरिएको मेसिनले एकै पटकमा बढीमा १० जना बिरामीलाई अक्सिजन दिन सकिन्छ ।’ अक्सिजन प्लान्ट जडान भएपनि अस्पताललाई धेरै सजिलो हुने उहाँले बिश्वास व्यक्त गर्नुभयो । ‘बिरा’मीलाई कति अ’क्सिजन आ’बश्यक पर्छ भन्नेमा भरपर्छ, सूचना अधिकारी ढकालले भन्नुभयो, ‘थोरै अक्सिजन मात्र आबश्यक पर्ने अबस्थामा अझ धेरैलाई पनि एकैपटक दिनसक्ने अबस्था पनि हुन्छ ।’

गण्डकी प्रदेश सर’कारले ७५ लाख रुपैया बजेट बिनियोजन गरेको भएपनि मन्त्रालयको तोकेको मापदण्ड भित्र निर्माण गर्ने गरि ठेकेदार कम्पनीले ४९ लाख रुपैयामा टेण्डर पारेको थियो । भुकम्पले क्षति पु¥याएको अ’स्पताल भवन नि’र्माण समयमा सम्पन्न नहुदा अक्सिजन प्लान्ट पनि जडानको काम पनि ढिलाई भएको हो । अझैपनि भवन निर्माण सम्पन्न नभएकाले तत्कालका लागि कोरोनाका बिरामीहरुको उपचारका लागि अक्सिजनको अभाव हुन नदिन निर्माण गरिएको अस्थायी आइसोलन कक्षमा अस्थायी रुपमै पाइप लाइन जडान गरेर प्लान्ट सञ्चालनमा ल्याउन लागिएको हो।

‘स्थायी सं’रचना निर्माण भएपछि स्थायी रुपमा नै जडान गरि सञ्चालन गर्ने भन्ने थियो, उहाँले भन्नुभयो, कोभिडको महामारीका बेला जिल्ला अस्पतालमा अक्सिजनको अभाव हुनसक्ने भएकाले अस्थायी रुपमा मात्र भने’पनि सञ्चालन गर्नुपर्छ भनेर मेसिन जडान गरिएको हो ।’ सूचना अधिकारी ढकालले गोरखा अस्पतालमा १२ वटा नयाँ एचडियु बेड जडान गरिएको जानकारी दिनुभयो । ‘तत्कालका लागि अस्पताल भित्र १८ वटा बेड राख्न सकिने अबस्था छ, उहाँले भन्नुभयो, ‘बाँकी काम पनि केही दिनभित्रै सम्पन्न हुन्छ ।’गो’रखा अस्पतालमा केही दिन अघि बेड अभावमा कोभिडका बिरामीहरुलाई बे’च्नमा राखेर उपचार गर्नुपरेको समाचार सार्वजनिक भएपनि ए’चडियु बेड जडानको काम थालि’एको हो ।- नयाँ परिवेश बाट

Continue Reading

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय