शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं ।

नेकपा एमालेभित्र अहिले जेठ २ गते फर्कनुपर्ने माग जोडदाररुपमा उठिरहेको छ । २ जेठ २०७५ को अवस्था भनेको अदालतको फैसलाले बनाइदिएको हो । २३ फागुन २०७७ को सर्वोच्च अदालतको फैसलाले ऋषिराम कट्टेल निवेदक रहेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले साबिक नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ब्युँताइदिएको हो ।

सर्वोच्चको त्यो फैसलाले ३ जेठ २०७५ मा एमाले र माओवादी केन्द्र एकीकृत भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) खा’रेज गर्‍यो । यो अवस्थामा नेपाल समूहले २ जेठमा पुग्नुपर्ने मागलाई बटम लाइन बनाउँदै आएको छ ।तर चलाख पार्टी अध्यक्ष केपी ओलीले वार्तामा माओवादी केन्द्रबाट सांसद पद त्यागेर एमाले छिरेका रामबहादुर थापा बादललाई घु’साइदिए ।

ओलीले नबोलीकन व्यवहारबाटै आफू जेठ २ मा फर्कन तयार नभएको र अहिले अवस्था अप्ठेरो भएर केही ल’चिलो हुनुपरेको सन्देश दिएको आंकलन गर्न थालिएको छ ।बादलको उपस्थितिले वार्तामा स’मस्या हुन थालेको छ । अध्यक्ष ओलीले दुई पक्षबीचको वि’वाद समाधान गर्न गठन गरिने कार्यदलमा बादललाई राख्नुपर्ने प्रस्ताव गरेपछि नेपाल पक्षले वि’रोध जनाएको हो ।

शनिबार वरिष्ठ नेता नेपालले भर्चुअल बैठक राखेर आफूनिकट केन्द्रीय सदस्यहरूसँग छलफल गरेका थिए ।बैठकमा ओलीले किन बादललाई वार्तामा राख्न चाहेका छन् भनेर धेरै नेताले प्रश्न उठाए । नेपाल पक्षका नेताहरुको तर्क छ- हामी माओवादीबाट आएका साथीहरुलाई स्वीकार्न तयार छौं । तर हाम्रो फरक प्रकारको वि’वादमा उहाँहरुको सहभागिताको अर्थ र औचित्य छैन ।

ओलीका यिनै कदमहरुलाई लिएर नेपाल समूहका नेताहरुले उनको भुलभुलैयामा नपरेर तत्काल नयाँ पार्टी दर्ता गर्दा हित हुने सुझाव दिएका छन् । नेपाल समूहका स्रोतका अनुसार केन्द्रीय सदस्यहरुले दोस्रो तहका नेताहरु ओलीको भुलभुलैयामा फ’सेको र नेपाललाई निर्णय लिन अप्ठेरो पारेको भन्दै आ’लोचना पनि गरेका थिए ।शुक्रबारदेखि सुरु भएको जुम मिटिङमा शनिबारसम्म ४० जना नेताहरुले बोलिसकेका छन् ।

बोल्नेमध्ये अधिकांश नेताहरुले नयाँ पार्टी दर्ता गरेर अगाडि बढ्न नेताहरुलाई द’बाव दिएको बैठकमा सहभागी एक नेताले बताए । उनीहरुले आफ्नो नेताले बोल्ड डिसिजन लिन नसकेको र इतिहासका ओलीले दिएका धेरै धो’काहरुबाट पनि पाठ नसिकेको भन्दै नेताहरुको आ’लोचना गरेका हुन् ।‘ओलीले सं’कटमोचनको लागि मात्रै लचक भएको र आफू सजिलो ठाउँमा पुग्दा पेल्न थालिहाल्छन् भन्ने अधिकांश साथीहरुको मत थियो,’ ती नेताले भने ।

सिधाकुरा

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय