शनिबार , अषोज ३०, २०७८

नकपुरधाम :

कोभिड महामा’रीले प्रदेश-२ मा बिरामीहरु स्वास्थ्य उपचार नपाई अस्पताल अगाडी नै छट्पटि रहेको बेला प्रदेशका सामाजिक विकास मन्त्री र उद्योगमन्त्री मन्दिर निरीक्षणमा व्यस्त रहेका छन्।

बुधबार सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री रामनरेश राय आफ्नो दलबलसहित सप्तरी जिल्लाको हनुमाननगर  नगरपालिकाको विभिन्न मन्दिर तथा पर्यटकीय स्थलहरुमा घुमफिर गर्दै भेटिए।

सामाजिक विकास मन्त्रीका स्वकीय सचिव राजकुमारले सामाजिक सञ्जालमा दुवै मन्त्रीको व्यवस्तता सहितको फोटो पोष्ट गरेका छन्।

पाष्टमा उल्लेख भए अनुसार मन्त्रीद्वयले वैरवाको विवाह मण्डप, योगिनियाको वोटानिकल गार्डेन, सोही स्थानको अधुरो राधाकृष्ण मन्दिर र हनुमाननगरको अधुरो राममन्दिरको स्थलगत निरीक्षण गरेका हुन्।

मन्दिरको निर्माण प्रदेश सरकारकै योजना चाँडै पुरा गरिने प्रतिबद्धतासमेत मन्त्रीद्वयले व्यक्त गरेका छन्।

प्रदेशका अस्पतालमा आवश्यक स्वास्थ्य संरचना, आवश्यक सामग्री र जनशक्ति अभावका कारण एकातर्फ बिरामीको ज्यान बचाउन सकिएको छैन्। भने अर्को तर्फ गत महिनासम्म पनि प्रदेशका मन्त्रीहरु मन्दिर र पोखरी सौन्दर्यीकरणकै शिलान्यासमा व्यस्त रहेका थिए।

सप्तरीमा मन्दिर निरीक्षणमा व्यस्त सामाजिक विकास मन्त्री नवलकिशोर साह र उद्योग मन्त्री रामनरेश राय।

अन्नपुर्णपोष्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय