बिहिबार , चैत्र ९, २०७९

स्वभाविक अवस्थामा तपाईको काखीको रङ शरीरको अन्य छालाको रङजस्तै हुनुपर्छ । तर, प्राय हामीले याद गरेका हुन्छौं कि काखीको रंग बाँकी शरीरको दाँजोमा कालो हुन्छ ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

गर्मीयाम चलिरहेकाले मानिसहरु बाहुला बिनाको लुगा (sleeveless) रुचाउँछन् र हामीमध्ये केहीका लागि काखीको रंग धेरै कालो हुनु निराशाजनक लाग्नसक्छ ।

किन हुन्छ काखीको रङ कालो ?

यद्यपी, प्रायः अवस्थामा कुनै गम्भीर कारणले यो समस्या निम्तने होइन । यो केवल अत्यधिक पसिना र फिटिङ कपडाले छालामा हुने घर्षणका कारण हुनसक्छ ।

डियोडरेन्ट र कपाल हटाउने क्रिमका कारण हुने रासायनिक जलन, सेभिङका कारण हुने जलन, मृत त्वचा जम्मा हुनु, धुम्रपानलगायतका (Smoker’s hypermelaniosis​) कारण पनि यस्तो हुनसक्छ ।

कहिलेकाँही एसेन्थोसिस नाइग्रीकन्स (Acanthosis Nigrican​) नामक डर्माटोलोजिकल अवस्थाले पनि यस्तो हुनसक्छ, यस्तो अवस्थामा चेकजाँच र उपचारको आवश्यकता पर्छ ।

जेसुकै कारणले यस्तो समस्या देखिएपनि तपार्इंले डर्माटोलोजिस्ट (छाला रोग विशेषज्ञ) लाई देखाउनुभयो भने उनीहरुले समस्या कसरी कम गर्ने भनेर सहयोग गर्छन् ।

उपचार ?

उपचार कसरी गर्ने भन्ने निर्णय पनि उनीहरुले नै लिनसक्छन् । सामान्यत छालाको रङ जे कारणले बदलिएको हो, त्यसलाई हटाएर खराब अवस्थालाई केही समयको अवधिमा निश्चित हदसम्म कम गर्न सकिन्छ ।

यद्यपी, अति नै कालो पातो छ भने ब्लिचिङ क्रिम वा केमिकल पिलिङ्ग्सले पनि सहयोग पु¥याउन सक्छ ।

के गर्ने ?

गर्मीमा काखी कालो हुने समस्या कम गर्न हामीले आरामदायक हावा छिर्ने कपडा लगाउने, डियोडोरेन्टको ब्रान्ड परिवर्तन गर्ने वा हर्बल डियोडोरेन्ट प्रयोग गर्ने, सेभिङ नगर्ने, रौं हटाउने क्रिमको प्रयोग नगर्ने, वाक्सिङ गर्ने वा लेजरमार्फत कपाल हटाउने, मृत त्वचालाई कम गर्नका लागि काखीमा मसाज गर्ने र धुम्रपान नगर्ने गर्नसक्छौं ।

डा. श्रद्धा एथेटिक्स बाई डाक्टर गोर्खाली कस्मेटिक सर्जरी एन्ड डर्माटोलोजी सेन्टरकी कन्सल्टेन्ट एस्थेटिक डर्माटोलोजिस्ट हुन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय