शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं, २७ वैशाख ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू छँदा छँदै अर्को प्रधानमन्त्री बन्छ भन्ने अहिले नै नचिताउन भनेका छन् । आज प्रतिनिधि सभामा विश्वासको मत माग्ने क्रममा बोल्दै उनले आफू नै प्रधानमन्त्रीमा रहने संकेत समेत गरे ।

ओलीले भने,‘म छँदा छँदै अर्को प्रधानमन्त्री बन्छ भन्ने नचिताउनु ।’ ओलीले सरकार जस्तो बनेपनि जे बनेपनि कोरोना भाइरसविरुद्ध लड्नुपर्ने बताए ।

उनले आफूले विश्वासको मत लिन्छु नभनेसम्म माओवादी केन्द्रले समर्थन फिर्ता नलिएको बताए । उनले भने,‘सरकारलाई कति सुदृढ समर्थन रहेछ । समर्थन फिर्ता लिनुभएन ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अवस्थाका कारण आफू विश्वासको मत लिन सदनमा आएको स्पष्ट पारेका छन् । प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भने–‘राजनीतिक अवस्थाको कारणले यस सदनको विश्वास छ भनेर पुष्टि गर्न ठानेर म आज यो प्रस्ताव गर्न उभिएको छु ।

म विश्वास गर्छु हामी संलग्नतामा होईन, हामी सार्वभौम जनताको प्रतिनिधित्व गरेर यहाँ उभिएका छौं । विचारको आग्रहका साथ होईन, आफ्नो स्वार्थबाट निर्देशित भएर होईन । म कहाँ छु कहाँ आवद्धतता छु भनेर होईन, सत्यलाई पछ्याएर निर्णय गर्नुपर्ने अवस्था छ । र, निर्णय हामीले त्यसरी गर्नुपर्छ । ReportersNepal

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय