कस्तो भोजन खाने ?

चाउचाउ, चिजबल, बिस्कुटजस्ता ‘फास्ट फुड फास्ट का कारण बनेको पोखरेलले ठोकुवा गरे ।  चाउचाउको विकल्पमा परम्परागत नुडल्स प्रयोग गर्न सकिने उहाँको भनाइ थियो । यस्ता नुडल्स चोकटबाट बन्ने हुनाले स्वास्थ्य राम्रो हुन्छ ।

स्मार्ट मोबाइलबाट टिकटक बनाएर पोष्ट गर्नेले स्वास्थ्य ठीकठाक राख्नका लागि उपयोग नगर्ने भएकाले पनि जीवनमा समस्या आउने गरेको छ । टेबुलमा बसेर काम गर्नेका लागि दैनिक तीन ग्राम नुन भए पुग्छ । श्रम गर्नेका लागि दैनिक पाँच ग्रामसम्म नुन चाहिने भए पनि बढी प्रयोग गरेर स्वास्थ्यमा खराबी आएकामा उपयोगकर्ता नै सजग हुन सकेका छैनन् ।

एक पाउ आटामा जति पोषक तत्व पाइन्छ, डेढ किलो मैदामा पनि त्यो तत्व नपाइनेमा पनि सजग हुनुपर्ने छ । “खैरो चामलमा मुटुलाई र’क्षा गर्ने तत्व छ, भिटामिन बी १२ पाइन्छ, खैरो खुर्केर पशुको दानामा मिसाएर हामी सेतो चामल प्रयोग गरिरहेका छौँ, यसो गर्नु गलत हो”, उनको भनाइ थियो ।

हाल मानिसको मन चलेको छ, शरीर चल्दैन भन्दै पोखरेलले मन नचलेर शरीर चले स्वस्थ भइने सूत्र सुनाए । पहिले नहिँडी काम चल्दैन थियो, बिहानी हिँडाइ थिएन । नब्बे वर्ष पुग्दा स्वस्थ जीवन हुन्थ्यो गाउँमा, कुटो र कोदाली, उकाली र ओराली नै लामो जीवनयापन गर्ने मुख्य सूत्र भएको उनले सुनाए । अहिलेका मानिस २० मिनेटको बाटोका लागि ४० मिनेट ट्याम्पो कुरेर बस्छन् ।

शरीरको व्यायामका लागि योगासान, श्वासप्रश्वासका लागि प्राणायाम र मनको व्यायामका लागि ध्यान गरे स्वस्थ एवं दीर्घ जीवनयापन गर्न सकिने भएकाले नियमिततामा ध्यान दिनुपर्ने पोखरेलको भनाइ थियो । योगासन, प्राणायाम र ध्यानको संस्कार नेपालीले बिर्सेको सयौँ वर्ष भइसकेको छ ।

रोग प्रतिरोधक क्षमता बढाउन अङ्कुरित गरिएका खाद्यपदार्थ खाने, दही, मोही, खाने भए बिहान खाने बेलुकी नखाने, पानी परेका दिन दही, मोही नखाने, बिहान, बेलुका मन तातो पानीले नुहाउने, बाहिर गई आएपछि कपडा बदल्ने जस्ता जीवनशैली अपनाउनुपर्ने प्राकृतिक चिकित्सक पोखरेलको सुझाव छ । कोरोना तीव्र गतिमा बढाउन चुरोट र रक्सी बढी माध्यम बनेकाले सङ्कल्प गरेर छाड्न पनि उनले सुझाव दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय