शुक्रबार , बैसाख १४, २०८१

बिहेमा बेहुलाका जुत्ता लुकाउने प्रचलन छ । बेहुला र बेहुलीको भाइबहिनी र साथीहरुले जुत्ता लुकाउने गर्दछन् । र यसको लागि उनीहरु प्रतिक्षामा समेत बस्दछन् । केटी पक्षले दुलाहाको जुत्ता लुकाउने, दुलाहाले केही रकम दिने र केटी पक्ष बिशेषत दुलाहाका सालीहरुले जुत्ता फिर्ता दिने हिन्दु बिवाहमा एक चलन हो ।

तर यस्तो चलनका कारण कतिपय ठाउँमा प्रायगरी भारतमा बिहे नै भाँडिएको खबर हामी बेलाबेला सुन्नमा आउँछ । तर यसरी बिहेमा केटी पक्षले दुलाहाको जुत्ता लुकाउने, दुलाहाले केही रकम दिने र केटी पक्ष बिशेषत दु’लाहाका सालीहरुले जुत्ता फिर्ता दिने चलन भनेको हिन्दुको बिवाहमा गरिने एक चलन नै हो ।

यसैबीच केहि दिनअघि देखि एउटा भिडियो सामाजिक संजाल विशेषगरी टिकटकमा खुवै भाइरल बन्यो । विहेमा सालीले भिनाजुको जुत्ता लुकाएपछी बिहेमै ल’फ’डा परेको छ ।सो भिडियोलमा सालीले बेहुला पक्षलाई यति मजाले थर्काइन कि जसको कारण उनी निकै नै विवादास्पद बन्न पुगिन ।

त्यही बेला उक्त भिडियोलाई कसैले खिचिरहेको थियो । मुना बानिया नाम गरेको टिकटक अकाउन्टबाट अप्लोड गरिएको सो भिडियो टिकटकमा भने डिलिट गरिएको छ तर यो भिडियो अहिले सामाजिक संजालभरी यत्र तत्र सर्वत्र भाइरल भइरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय