शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

नेपाली कांग्रेसका नेता गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई निरन्तरता दिँदा संविधान र संवैधानिक प्रणाली नै ध्वस्त हुने खतरा भएकाले उनलाई फाल्ने निर्णयमा पार्टी पुगेको बताएका छन् ।

संसदीय दलको बैठकपछि कुरा गर्दै नेता थापाले संविधानप्रति आस्था नभएका प्रधानमन्त्री ओलीलाई पदमा टिकाइराख्नु खतरा भएकाले फाल्नुपर्छ भन्ने निर्णयमा पार्टी पुगेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीमा यो संविधान, यो प्रणालीप्रति कुनै पनि आस्था देखिएन । यसलाई कमजोर बनाउने दिशामा उहाँ निरन्तर लागिरहनुभएको छ । उहाँलाई पदमा टिकाइराख्नु भनेको व्यवस्थामाथिको खतरा हो । त्यसैले कांग्रेसले फाल्ने निर्णय गर्‍यो, उनले भने ।

बैठकमा समापति देउवाले समेत ओलीलाई कायम राख्ननहुने बताएको उनले जानकारी दिए । ओली आफैँले आफ्नो सत्ता संकट निम्त्याएको थापाको भनाइ छ ।

महामारीको अवस्थामा प्रधानमन्त्री ओलीले सर्वदलीय बैठक राखेर २०७२ सालको भूकम्पका बेलाजस्तै राष्ट्रिय सहमतिको पहल गरेको भए उनको सत्ता संकट नआउने उनको भनाइ थियो ।

दैनिक न्यूज नेपाल

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय