शुक्रबार , बैसाख १४, २०८१

काठमाडौं ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफू कुनै पनि हालतमा अब २०७५ जेठ २ गते फर्कन नसक्ने सन्देश पार्टीभित्रको असन्तुष्ट पक्षलाई सन्देश दिएका छन् । यही बैशाख २७ गते सदनमा विश्वासको मत लिन लागेका प्रधानमन्त्री ओलीले यो बीचमा माधव नेपाल पक्षदर दोस्रो पुस्ताका नेताहरुसँग घनिभूत छलफल गरेका थिए । तर, उनले आफू अब फागनु २८ गते यताका निर्णयबाट ब्याक नहुने स्पष्ट अडान सुनाएका थिए ।

यो बीचमा बालुवाटार गएर प्रधानमन्त्री अ‍ोलीसँग धेरै पटक वान टु वान भेटवार्ता माधव नेपाल पक्षबाट नेता योगेश भट्टराईले गरेका थिए । उनले प्रधानमन्त्री तथा पार्टी अध्यक्ष ओलीलाई एकताको लागि लचिलो भएर प्रस्तुत हुन र आफूसँग मात्रै छलफल गर्नुभन्दापनि सामूहिक रुपमा छलफल गर्न सुझाएका थिए । उनले एकता बचाउने हो भने २०७५ जेठ २ गते फर्कनुपर्ने सुनाएका थिए । तर, ओलीले आफू अब पछि नफर्किने सन्देश दिए ।

बालुवाटार सूत्रले जनाएअनुसार प्रधानमन्त्री ओलीले अब माधव नेपालसँग छलफल गर्ने कुनै मुड नै बनाएका छैनन् । बरु, माधव नेपालले चाल्ने कदमले कुनै फरक नपर्ने निश्कर्ष निकालेका छन् । बैशाख २७ गते अघि नै नेपाल पक्षधर सांसदहरुले राजीनामा दिने चेतावनी दिएका थिए । प्रधानमन्त्रीलाई विश्वासको मत लिन नदिनेगरि नेपाल पक्षले रणनीति बनाएको र कांग्रेस र माओवादीसँग सहकार्य गरेर आफूलाई हटाउन खोजेको भन्दै ओली रुष्ट छन् । एमालेभित्रको आन्तरिक विवाद मिलाउनको लागि दुवै पक्षका दोस्रो तहका नेताहरु निरन्तर सम्वादमा छन् । तर, ओलीले कुनै लचकता नदेखाएको कारण सहमति हुन नसकेको माधव नेपाल पक्षको आरोप छ ।

उता, प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराईले प्रधानमन्त्री ओली आफ्नो अडानमा यथावत रहेको जानकारी दिए । उनकाअनुसार प्रधानमन्त्री ओली अब २०७७ जेठ २ मा फर्कने सम्भावना छैन् । बादलसहितका माओवादी नेताहरुलाई महत्वपूर्ण दिईसकेको र पार्टी महाधिवेशनतर्फ होमिएकोले अब पछि फर्कने कुनै सम्भावना नरहेको ओलीको अडान छ । ReportersNepal

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय