सोमबार , चैत्र १३, २०७९

काठमाडौं ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

बलिउड अभिनेताले करिब चार महिनाअघि ‘कौन बनेगा करोडपति’ (केबिसी) बाट विश्राम लिने बताएका थिए।

यसले उनका प्रशंसकहरुलाई निराशसमेत बनाएको थियो। तर उनीहरुको निराशा हटाउँदै अमिताभ फेरि केबिसीमा देखिने भएका छन्।

बलिउड हंगामाका अनुसार अमिताभ टेलिभिजन शोको नयाँ सत्रमा ‘कौन बनेगा करोडपति १३’ फर्कने तयारी पूरा भएको छ।

सोनी टेलिभिजनको आधिकारिक सामाजिक सञ्जालबाट अमिताभले आफ्ना सहकर्मीहरुका साथमा केबिसीको दर्ता आगामी मे १० देखि सुरु हुने बताउँदै गरेको भिडिओ सार्वजनिक गरेर कार्यक्रमबारे जानकारी दिएका हुन्।

अमिताभले आफ्नो ब्लगमार्फत् समेत यस विषयमा जानकारी दिएका छन्। उनले लेखेका छन्, ‘म था’कित छु र रिटायर्ड पनि। क्ष’मा गर्नुस्।

केबिसीको यो अन्तिम छायांकन निकै लामो रह्यो। भोलि जे पनि हुनसक्छ। तर याद राख्नुस् काम भनेको काम नै हुन्छ। आफ्नो काम इमानदारिपूर्वक गर्नुपर्छ।’

मान्छेको भाग्य बदल्ने ‘कौन बनेगा करोडपति’ भारतीय टेलिभिजनको लोकप्रिय कार्यक्रम हो। यो टेलिभिजन कार्यक्रम हजारौं भारतीय नागरिक कुरेर बस्छन् र आफ्नो किस्मत आजमाउँछन्।

बलिउड अभिनेता अमिताभ बच्चनले सञ्चालन गर्नु कार्यक्रमको लोकप्रियताको अर्को मुख्य कारण हो।

सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय