आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं

नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले कमिसन नमिलेर कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप रोकेको भन्दै आपत्ती जनाएका छन्।

नेता कोइरालाले प्रधानमन्त्री केपी ओली निकट व्यवसायीहरु विजय दुगट र ऋतु वैद्यले कमिसन नमिलेकै कारण कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको समेत बताएका छन्।

देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यवसायीहरुले जनस्वास्थ्यमाथि गरेको अपराध र बेइमानी कांग्रेसलाई क्षम्य नहुने भन्दै डा. कोइरालाले यसको जिम्मेवारी प्रधानमन्त्रीले नै लिनुपर्ने बताए।

बिहीबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्- ‘कमिसन नमिलेकै कारण प्रधानमन्त्री केपी ओली निकट व्यवसायीहरु विजय दुगड र ऋतु वैद्यले कोरोना भ्याक्सिन रोकेको भन्ने खबरले लज्जित बनाएको छ।

महामारीको कहालिलाग्दो समयमा जनतामाथि यति ठूलो धोका? पहिलो चरणको महामारीका समयमा ठुलो आर्थिक चलखेल गरी प्रधानमन्त्री निकट ‌ओम्नी समूहलाई स्वास्थ्य सामग्री खरिदको जिम्मा दिइएको थियो।

देश र जनता कोरोना संक्रमणको महामारीमा रहेको समयमा स्वयं प्रधानमन्त्रीकै छत्रछायाँमा रहेका व्यवसायीहरुले जनस्वास्थमाथि गरेको यति ठूलो अपराध र बेइमानी कदापि क्षम्य हुन सक्दैन। यसको जिम्मेवारी प्रधानमन्त्रीले लिनुपर्छ र समयम आएपछि जनताले यसको हिसाब गर्नेछन्।’

annapurna post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय