सोमबार , अषोज ८, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

ओखलढुंगा ।

सोलुखुम्बुकी एक महिलाको अस्पतालमा आइसियु कक्ष खोज्दा खोज्दै ज्यान भएको छ ।

ओखलढुंगाको खिजीदेम्बा गाउँपालिका ७ रावादोलु माइतीघर भई हल काठमाडौंमा अस्थाई बसोबास गर्दै आएकी सोलुखुम्बुकी महिलाको ज्यान गएको हो ।

रोजगारीका लागि काठमाडौं बस्दै आएकी ३२ वर्षीय गंगा गुरुङको आइतबार अस्पतालमा आइसियु कक्ष खोज्दा खोज्दै एम्बुलेन्स भित्रै ज्यान गएको हो ।

बिरामीका आफन्तका अनुसार टाइफाइडको समस्या देखिएर स्वास्थ्य अवस्था थप जटिल बनेपछि ती महिलालाई आईसियु कक्षमा भर्ना गर्नुपर्ने अवस्था थियो ।

तर तत्काल उपचार गराइरहेको जोरपाटीस्थित एक अस्पतालमा आइसियु कक्ष नपाएपछि आफन्तहरुले अन्य अस्पतालमा समेत आइसियु कक्षको खोजी गरेका थिए ।

तर उनीहरुले खोजी गरेका प्रायः अस्पतालमा आइसियू बेडको अभाव थियो । बल्ल चावहिलस्थित एक अस्पतालमा आइसियु कक्ष खाली रहेको थाहा पाए ।

सो अस्पतालमा लैजाँदै गर्दा बीच बाटोमै बिरामीको ज्यान गएको बिरामीका आफन्तको भनाई उदृत गर्दै खिजिदेम्बा गाउँपालिकाका अध्यक्ष बेदबहादुर रोकाले जानकारी दिए ।

काठमाडौंका अस्पतालहरुमा अहिले बिरामीका लागि आईसीयु कक्ष पाउनै मुस्किल छ । रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय