सोमबार , चैत्र १३, २०७९

वैदेशिक रोजगारीबाट फर्केका युवाहरूबाट प्रहरीले सुन बरामद गरेको छ।

https://www.videosprofitnetwork.com/watch.xml?key=98c6d4d85217b9b8b74b5180d02becab

त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका अनुसार पाँच जनालाई प्रहरीले सुनसहित सोमबार बिहान पक्राउ गरेको हो।

पक्राउ पर्नेमा प्यूठान झिम्रुक गाउँपालिका-१ का यामलाल खनाल, गुल्मी मदाने गाउँपालिका-५ का जनक खड्का, नुवाकोटका सुमित तामाङ, धनबादुर तामाङ, देवचुली नगरपालिका-४ का राजु विश्वकर्मा छन्।

उनीहरूको साथबाट करिब डेढ किलो सुन बरामद भएको विमानस्थल सुरक्षा प्रमुख एसएसपी राजेशनाथ बाँस्तोलाले बताए।

खनाल र खड्का एयर अरेबिया, सुमित र धनबहादुर हिमालय एयरलाइन्स र विश्वकर्मा नेपाल एयरलाइन्सबाट विमानस्थल उत्रिएका थिए।

खनाल, खड्का ८:१५, सुमित, धनबहादुर ११:१५ र विश्वकर्मा ११:२० बजेको फ्लाइटबाट विमानस्थल उत्रिएका थिए।

बाँस्तोलाका अनुसार उनीहरूले स्पिकरभित्र बेरेर सुन ल्याएका थिए।

‘स्पिकरभित्र सुन बेरेर ल्याइएको एक्सरे मेसिनबाट देखिएपछि फुटाएर हेर्दा सुन फेला पर्‍यो,’ बाँस्तोलाले भने।

बाँस्तोलाका अनुसार उनीहरू सबैले एक-एक वटा स्पिकर बोकेका थिए।

पक्राउ परेकालाई भन्सार कार्यालयमा पठाई आवश्यक कारबाहीका लागि राजश्व अनुसन्धान विभाग पठाउने तयारी भइरहेको बाँस्तोलाले बताए। सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय