बुधबार , बैसाख २६, २०८१

पर्सा । दाइजोमा सुनको सिक्री नपाउँदा मण्डपमै विवाह अस्वीकार गरेको आरोपमा सोमबार राति प्रहरीले बेहुलासहित आठ जनालाई पक्राउ गरेको छ ।

 

नगद १२ लाख, मोटरसाइकलबापत ३ लाख २५ हजार, एक थान ल्यापटप र एक-एक थान सुनको औंठी र हनुमानको माला दाइजो पाइसकेपछि पनि नपुगेर मण्डपमा सुनको सिक्री माग्दै विवाह रद्द गरी फर्किन लागेका बेला प्रहरीले बेहुलासहित ८ जनालाई पक्राउ गरेको हो ।

बेहुला उमेश साह वीरगन्ज महानगरपालिकाको स्वास्थ्य शाखामा कार्यरत कम्प्युटर अपरेटर हुन् । बेहुली पक्षले नगद पैसा, मोटरसाइकल, ल्यापटप र सुनको औंठी र हनुमानको माला बिहेअघि बेहुलालाई दाइजो स्वरुप दिएपछि बल्ल बिहे तय भएको थियो ।

 

बेहुला साह बारा कलैया उपमहानगरपालिका-४ सिनेमा चोक निवासी हुन् । उनको प्रशस्त दाइजो पाएपछि मात्र वीरगन्ज महानगरपालिका–२४ रानीघाटका सुखल साहकी २४ वर्षीया छोरी रमिता कुमारीसँग विवाह पक्का भएको थियो ।

वरमाला विधि भइसकेपछि बेहुला साहले सुनको सिक्री नदिएको भन्दै विवाह इन्कार गरेका थिए । बेहुलाले विवाह रद्द गरी जन्ती फर्काउन खोज्दा वडा प्रहरी कार्यालय श्रीपुरबाट प्रहरी टोली पुगेर उनीहरुलाई पक्राउ गरेको हो ।

 

पक्राउ परेकाहरूलाई आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा पठाइएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय