वैशाखमै पहिरोको वितण्डा: सात पशु पुरिए, बस्ती जोखिममा

काठमाडौं ।

ओखलढुङ्गामा पहिरोले वितण्डा मच्चाएको छ। सामान्यतया असार/साउन महिनामा पहिराले क्षति गर्ने भए पनि ओखलढुङ्गाको चम्पादेवीमा यस वर्ष वैशाखमै पहिरो गएको हो।

शनिबार साँझ भएको वर्षापछि आएको पहिरोले चम्पादेवी गाउँपालिका–३ सिल्खुबेँसीमा सात चौपाय पुरिएर मरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाका प्रहरी निरीक्षक शिव कट्टेलले जानकारी दिए।

प्रहरीका अनुसार सिल्खुबेँसीका हरिप्रसाद सुवेदीको तीनवटा गाई, मोहन मगरको दुईवटा गोरू र मुनामाया बोगटीको दुईवटा गाई पहिरोमा पुरिएर मरेका छन्।

सिल्खुमाथि खनेको कच्ची सडक र खहरेमा जम्मा भएको भेल बाढीको रूपमा गएपछि स्थानीयवासीका घर, गोठ र खेत बगाएको हो। सिल्खुको विद्यालय, स्थानीयवासीका घर र कृषिबालीमा समेत क्षति पुगेको छ।

अचानक भएको वर्षाका कारण बाढीपहिरो आउँदा पशुचौपाय बगाएको, खेतबारीमा लगाएको बालीमा क्षति भएको भन्दै स्थानीय किसानले क्षतिको यकिन गरेर क्षतिपूर्ति दिन माग गरेका छन्।

ओखलढुङ्गामा जथाभावी खनिएका कच्ची सडकका कारण पहिरो बगेर बर्सेनि ठूलो जनधनको क्षति हुने गरेको छ। रासस

२०७८ बैशाख १९, आईतवार ०५:२९ गते 0 Minutes 110 Views

नेपाली राजनीतिमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुकमा पनि जोडिन सक्नुहुन्छ । हामीसँग तपाईं फेसबुकट्विटरमा पनि जोडिन सक्नुहुन्छ ।

ताजा समाचार