आइतबार , कार्तिक ७, २०७८

काठमाडौं ।

मी सबैको मुखबाट निस्कने एउटै शव्द हो । राम्रो मान्छे किन लामो समय बाँच्दैन ? किन राम्रो मान्छेहरु चाडै नै मर्छन् ?

अनुहारको भन्दा पनि मनका राम्रा मान्छेहरु नै चाडै मर्ने गरेको पाइन्छ । कोही मान्छे सबैलाई सेवा गर्न तत्पर हुन्छ, समाजसेवामा आफ्नो जिन्दगी दिन्छ, सबैको प्रिय हुन्छ भनेर राम्रो राम्रो काम मात्र गर्छ भने हामी उसलाई राम्रो मान्छे भन्छौं ।

राम्रो भन्नाले अनुहारले हैन व्यवहारले हुने गर्दछ ।

समाजमा मान्यगुण्यको आयु किन लामो हुदैन ।

कहिलै नराम्रो नबोल्ने, कसैलाई तुच् बचन नबोल्ने मान्छेहरु नै किन चाडैं मर्छन् त ?

राम्रा मान्छेहरु भित्रबाट नै टुटिसकेका हुन्छ । उनीहरु मन देखि नै नाइ भन्न सक्दैन ।

नाइ भन्दा रिसाउँला कि भनेर डराउँछन्। अरुलाई नराम्रो भन्दा मन दुखाउँछ कि भनेर बरु भित्रभित्रै आफु कुडिन्छन् र आफै टुट्छन् ।

उनीहरु सत्य बोल्न डराउँछन् । अरुको चित्त नदुखाउनको लागि उनीहरु सबै कुरा मनमा नै गुम्साएर बस्छन् ।

 

यो पनि

भोली हनुमान जयन्ती, ‘यो एउटा कार्य गर्नुस नकरात्मकता हराउने छ’

भोली हनुमान जयन्ती, ‘यो एउटा कार्य गर्नुस नकरात्मकता हराउने छ’
हनुमान जयन्तीको तिथि कार्तिक कृष्ण चतुर्दशी र चैत्र शुक्ल पूर्णिमा दुवै दिनलाई मानिएको छ । धर्म शास्त्रमा मतैक्य नहुनाले चैत्र शुक्ल पूर्णिमाका दिन हनुमानजीको जन्म दिवस मनाउने त गरिन्छ, यद्यपी वायु पुराणादी–अनुसार कार्तिक महिनाको चतुर्दशीका दिन हनुमान जयन्ती अधिक प्रचिलित छ ।

त्यसको साथ साथै हनुमानको विवाह एवम् पुत्रको बारेमा पनि शास्त्रमा फरक फरक मत भेटिन्छ । परासर सम्हितामा उल्लेख भएअनुसार हनुमानले सूर्य पुत्री शुभर्चलासँग विहे गरेका थिए । सामान्यतयाः हामी कहाँ हनुमानको पूजा पाठ गर्ने एवम् मन्त्र स्त्रोत पाठ गर्ने र यसबाट शुभ फल मिल्ने, शनिग्रहको दोष नलाग्ने देखी भुतप्रेत पिचासले दुःख नदिने भन्नेसम्म जनविश्वास छ ।

त्यस्तै हनुमान एवम् उनको पत्नीको दर्शन, पूजा गरेमा वैवाहिक सुख मिल्ने र पती पत्नी बीचको कलह हट्ने जानेछ भन्ने पनि शास्त्रमा पाईन्छ । दक्षिण भारतमा हनुमान एवम पत्नी शुभर्चलाको प्राचिन मान्दिर छ । जहाँ टाढा टाढाबाट भक्तजनहरु जाने गर्दछ ।

नेपालमा पनि हनुमानको मन्दिर र मुर्ती मल्लकालदेखि नै भेटिन्छ । मल्लकालमा हनुमानको ठूलो महत्व थियो भन्ने कुरा प्रताप मल्ल, सिद्धिनरसिंह मल्ल र श्रीनिवास मल्लले ‘हनुमदध्वज’ उपाधि लिएबाट थाहा पाइन्छ । यसरी मल्लकालमा विशेषगरी जगज्योति मल्लको पालादेखि हनुमान सम्प्रदायको व्यापकरूपमा विकास भएको थियो । उपत्यकामा मात्र हनुमानको महत्व नभई बाहिरका राज्यमा समेत हनुमान सम्प्रदायको लोकप्रियता थियो भन्ने कुरा गोरखाका राजा पृथ्वीपति शाहले आफ्नो दरबार नजिक हनुमानको मूर्ति बनाउन लगाएबाट थाहा पाइन्छ ।

मल्लकालपछि शाहकालमा पनि हनुमान सम्प्रदायको झन् व्यापकरूपमा विकास भएको कुरा काठमाडौँ उपत्यका विभिन्न ठाउमा बनेका राम मन्दिर र हनुमानका मूर्तिले पुष्टि गरेका छन् । मल्लकालमा जस्तै यसकालमा पनि हनुमानका मूर्तिहरूको पूजा गर्ने हेतु उही थियो र यसकालमा हनुमानलाई शुक्रबाट रक्षा गर्न स्थापना गर्नको साथै सङ्कटमोचकको रूपमा समेत लिएको देखिन्छ । साथै यिनैलाई कष्टमोचक सिद्धिदाताका रूपमा पनि पूजा गर्न थालियो ।

विशेष गरी हनुमानलाई जिवित देवताको रुपमा पुजा गरिन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय