शुक्रबार , बैसाख १४, २०८१

मुम्बई

बलिउड अभिनेत्री दीपिका पादुकोण र निर्देशक सञ्जय लीला भन्सालीबीच दरार पैदा भएको खबर सार्वजनिक भएको छ। यी दुईले ‘गोलियों की रासलीला रामलीला’, ‘बाजिराव मस्तानी’ र ‘पद्मावत’ जस्ता सम्झनलायक फिल्म बनाएका थिए। दीपिकाद्वारा ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ मा निर्वाह गरेको भूमिका स्मरणयोग्य थियो।

दीपिकाको करिअरका राम्रा फिल्मको निर्देशन सञ्जयले गरेका छन्। तर अहिले यी दुईबीच खटपट सुरु भएको छ।

दीपिका ‘द्रौपदी’ नामक फिल्म बनाउन चहान्थिन् र यसको निर्देशन भन्सालीले गरिदिएहुन्थ्यो भन्ने उनको चहाना थियो तर उनले दीपिकाको अनुरोध अस्वीकार गरे। उनी ‘गंगुबाई काठियावडी’ बनाउन व्यस्त भए। यो कुराले दीपिकालाई नरमाइलो लाग्यो।

सञ्जयले आफूसँग दीपिका रिसाएको त्यतिबेला थाहा पाए जतिबेला उनले ‘गंगुबाई काठियावाडी’ को एउटा आइटम गीत दीपिकालाई अफर गरे। उनको यो अफर दीपिकाले अस्वीकार गरिन्। दीपिकाले सञ्जयको ‘हीरा मन्डी’ मा पनि अभिनय गर्न मानिन्।

 

यो पनि

पूर्वमा ‘अभियान’को छायांकन

इटहरी : चलचित्र अभियानको छायांकन धमाधम भइरहेको छ। धनकुटाको हिलेभन्दा केही उत्तरमा रहेको उत्तरपानी भन्ने स्थानमा चलचित्रको छायांकन भइरहेको हो। करिब ६० प्रतिशत छायांकन सम्पन्न भएको निर्देशक लाखमान योञ्जनले जानकारी दिए।

‘हामीले करिब ६० प्रतिशत छायांकन सकेका छौं, अब केही दिनको धनकुटा बसाइपछि बाँकी अंश काभ्रेमा छायांकन गर्ने तयारीमा छौं’, निर्देशक योञ्जनले भने। काभ्रेसँगै रसुवा तथा इलाममा पनि चलचित्रको छायांकन हुनेछ।

ऐतिहासिक तामाङ थातथलो किपटको कथामा निर्माण भएको चलचित्रमा जयनन्द लामा, अमर पाख्रिन तामाङ, दावा फिन्जो तामाङ, श्याममाया तामाङ, रश्मिला वाइबा तामाङ, रितेशजंग खत्री, दिनेश तामाङ, दिनेश कोइराला ‘डिकु’, मदन राई, शम्भु योञ्जन तामाङ, गजम घिसिङ, कमल राई, मेनुका राई, कुमारी लिम्बू, कृष्ण काफ्ले, सन्तोष राई, नुनु बोम्जन तामाङलगायतका कलाकारको अभिनय छ।

चलचित्रको विषयमा कुरा गर्दै मुख्य कलाकार जयनन्द लामाले ऐतिहासिक चलचित्रमा आफूले पनि काम गर्न पाउँदा उत्साहित भएको प्रतिक्रिया दिए।

‘चलचित्र मन पराउने या नपराउने भन्ने दार्शकको हातको कुरा हो तर म ऐतिहासिक चलचित्रमा मुख्य कलाकार बन्न पाउँदा अत्यन्तै खुसी छु। यो मेरा लागि पनि एउटा अवसर हो’, कलाकार लामाले भने।

चलचित्रमा आफू बिल्कुलै फरक अवतारमा प्रस्तुत भएको कलाकार दिनेश कोइरालाले बताए। यो चलचित्रमा कोइरालाले भिलेनको भूमिका निर्वाह गरेका छन्। चलचित्र कोसी भिजनको ब्यानरमा निर्माण भइरहेको छ।

चलचित्रको निर्देशन लाखमान योञ्जनले गरिरहेका छन् भने चलचित्रको कथा पनि निर्देशक योञ्जनले नै लेखेका हुन्। चलचित्रमा द्वन्द्व निर्देशन राजेश लेप्चाले गरेका छन्।

अन्नपुर्णपोष्ट

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय