शनिबार , बैसाख १५, २०८१

बल्ल खुल्यो २० तले घर ३२ महिनासम्म अलपत्र हुनुको वास्तविक रहस्य, सारा नेपाली अचम्मित।

र यो पनि

अध्ययनका लागि बेलायत पुगेकी दोलखाकी एक विद्यार्थीको कर्मचारीको लापरबाहीका कारण मृत्यु भएको तथ्य बाहिर आएको छ । दोलखा जिल्ला मेलुङ गाउँपालिका–३, घर भएकी २२ वर्षिया सदीक्षा तामाङको एम्बुलेन्सका कर्मचारीको लापरबाहीका कारण मृत्यु भएको पाईएको हो ।

 

सदीक्षाको मृत्युबारे लन्डनको मिल्टन केन्स कोरोनर्स कोर्टमा झण्डै ७ घण्टा लामो सुनुवाइ भएको थियो । कोर्टका सिनियर कोरोनर टोम असबर्नले घट्नामा एम्बुलेन्स कर्मचारीको लापरबाही देखिएको समयमै अस्पताल लगिएको भए सदीक्षाको मृत्यु नहुने अनुसन्धानको निष्कर्ष सुनाएका छन् । गत १९ मेदेखि थालिएको अनुसन्धान प्रतिवेदन १५७ पेज लामो छ । अत्यधिक ज्वरो आएर विरामी परेपछि गत ७ मे २०२३ एम्बुलेन्समा आएका एक कर्मचारीले आफ्नी छोरी प्रेगनेन्ट रहेको भन्दै नजिक जान सक्दिन भनेर वेवास्ता गरेको बताईएको छ । अर्को पारामेडिकले सदीक्षाको स्वास्थ्य जोखिम स्कोर ६ देखाए । तर, रिस्क स्कोर ७ थियो । मेडिकल गाइडेन्समा ६ स्कोरमा पनि निलो बत्तिमा सकेसम्म छिटो अस्पताल लानुपर्ने थियो ।

 

यद्यपि, पारामेडिकले सिटामोल दिएर ४८ घण्टामा निको भएन भने अस्पताल लैजाउंला भनेर घरमा नै डिस्चार्ज गरे । त्यसरी मेडिकल गाइडेन्समा पारामेडिकले डाक्टरको अनुमति बिना डिस्चार्ज गर्न पाइने नियम छैन।

 

सिटामोलले काम नगरेपछि ९ मेमा अस्पताल लैजांदा सदीक्षाको स्वास्थ्य अवस्था जटिल बनिसकेको थियो । किड्नीले काम गर्न छाडिसकेको थियो । मिल्टन केन्स यूनिभर्सिटी हस्पिटलमा भर्ना भएको भोलिपल्ट नै सदीक्षाको गत १० मेमा निधन भएको थियो ।

 

कोरोनर कोर्टमा एनआरएनए यूकेका अध्यक्ष प्रेम गाहामगर, समाजसेवी सुमित्रा सुब्बा गोदफ्रे, तामाङ सोसाइटी यूकेका अध्यक्ष ज्ञान तामाङ, उनकी श्रीमति लगायत उपस्थित थिए । सदीक्षाका बुबा कृष्णकुमार थोकर तामाङ लगायत सदीक्षाका सबै परिवार भने नेपालबाटै जुममार्फत जोडिएका थिए ।

 

सदीक्षाको मृत्युका कारण गत १४ सेप्टेम्बर २०२३ बाट हेल्थ रिस्क स्कोर ५ भए पनि तुरुन्त अस्पताल लैजानु पर्ने नियम कार्यान्वयनमा आएको गाहामगरले बताए ।

 

सदीक्षा गत वर्ष २६ डिसेम्बर २०२२ मा पढ्न बेलायत गएकी थिईन् । कोरोनर कोर्टको निष्कर्ष पछि सदीक्षाको निधन एम्बुलेन्स कर्मचारीको लापरवाहीका कारण भए पछि एनआरएनए यूकेले सदीक्षाको परिवारलाई क्षतिपूर्ति दिलाउन ब्यारिस्टरसँग छलफल शुरु गरेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय