सोमबार , मंग्सिर १८, २०८०

एजेन्सी ।

अमेरिकाको टेक्सासकी एक महिलाले अनौठो तरिकाले आफ्नो विवाह खतम भएको उत्सव मनाएकी छिन् ।

उक्त महिलाले आफ्नो वेडिङ्ग ड्रेसमा विस्फोटक पदार्थ भरी आगो लगाई पड्काइ दिएकी छिन् ।

उक्त विस्फोट २५ किमि पर सम्म महशुस गरिएको थियो । ४३ वर्षकी किम्वर्ली सैन्टलेवेनले विवाह भएको १४ वर्ष पछि आफ्ना विवाह रद्द गरेकी थिईन ।

यही मौकामा उनले डिभोर्स पार्टी आयोजना गरेकी थिईन् । उक्त डिभोर्स पार्टीमा केक कात्ने तथा अन्य इभेन्टहरु सँगै वेडिङ्ग डे«सलाई विस्फोट गरि आगो लगाउने पनि इभेन्ट थियो ।

त्यही अनुरुप महिलाले रायफलद्वारा वेडिङ्ग डे«समा फायर गरेकी थिईन, त्यसपछि ठुला विस्फोट भएर आगो लागेको थियो ।

किम्वर्लीको वहिनी कार्लाले वताईन् की ९ नोभेम्वरमा डिभोर्सको प्रकृया पुरा भएको थियो । किम्वर्लीको अनुसार वेडिङ्ग डे«स एक झुठ भएकोले त्यसलाई जनाउने फैसला गरेकी थिईन् ।

उक्त अवसरमा किम्वर्लीको पिता र कार्लाको पनि त्यही थिए । उनिहरुले डिभोर्स सेलिव्रेट गर्ने यो एउटा सानदार तरिका हो भनेका छन् ।

यो पनि

पिँजडामा भोकभोकै थुनि राखेका ५० वटा निर्दोषी कुकुरहरुको वचाइयो ज्यान

५० वटा कुकुरहरुलाई पिँजडामा भोकभोकै थुनि राखेको अवस्थामा रेस्क्यू गरिएको छ । खवर हो साउथ कोरियाको ।

कोरियन एनिमल प्रोटेक्शन वर्कसले यहाँ कुकुरहरुलाई पिँजडामा वन्द गरेर राखेको अवस्थामा भेटाएका थिए । पछि ति कुकुरहरुलाई काट्नको लागि पठाउने गरेका थिए ।

कुकुरहरुलाई राम्ररी हेरचाह पनि गरिएको थिएन । उनिहरुलाई खाना पानी केही पनि दिइएको थिएन । ति कुुकुरहरुलाई एउटा किसानले आफ्नो फर्ममा राखेका थिए ।

पुलिस र जनावरका अधिकारी त्यहाँ आउने कुरा थाहा पाएर त्यहाँ ति किसान त्यहाँवाट भागेका थिए । ति कुकुरहरु एकदम डराएको अवस्थामा काँपी रहेका थिए ।

उनिहरुको हालत खराव थियो र मानिसहरुसँग डराएका थिए । कुकुरहरुको हालत यतिसम्म विग्रेको थियो कि उनिहरु उभिन पनि सकिरहेको थिएन ।

वेन्डी हेगिन्स (ह्यूमेन सोसाईटी इन्टरनेशनल) को डाईरेक्टरले भन्छन्, जव रेस्क्यू गर्ने टिम भित्र गए त कुकुरहरु अनुहार लुकाइरहेका थिए ।

यसवाट उनिहरु मानिससँग डराइरहेको स्प्रष्ट हुन्छ । उक्त संस्थाले यस्ता निमुखा जनावरहरुलाई वचाउने काम गर्छ । यो संस्थाले १७ वटा यस्ता फर्महरु वन्द गराईसकेका छन् । यस्ता फर्महरुले कुुुकुरलाई मारी त्यसको मासु सप्लाई गर्ने जस्तो गैर कानुनी काम गर्ने गर्छ । यसको लागि कोरिया सरकारले कानुन वनाउन गईरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय