सानी छोरीलाई गुडिया ल्याईदिएर आउछु भन्दै साउदी गएका केशव डेढ महिनामै काठको बा’कसमा फर्किए

र यो पनि

 

प्युठानको झिमरुक गाउँपालिका–३, कुटेडाँडामा रहेको बालज्योति आधारभूत विद्यालयमा कक्षा ४ मा पढ्ने ११ बर्षीय छात्रा आशा कुमारी विकले कोदो काट्न साथीहरुमार्फत प्रधानाध्यापकसंग ४ दिनको बिदा मागेपछि।

 

प्रधानाध्यापक शंकरबहादुर बस्नेतले सोको बारेमा सोधखोज गर्दा पाकिसकेको कोदो बाँदरले खाईदिने पीर, घरमा ८४ वर्षकी हजुरआमा मात्र भएको थाहा पाएपछि बालिकाको समस्या समाधानका लागि प्रधानाध्यापक र शिक्षकहरु मिलेर जुक्ती निकाले। शुक्रबार विद्यालयको अतिरिक्त क्रियाकलापअन्तर्गत शिक्षक र विद्यार्थी सबै मिलेर उनको बारीको कोदो काटिदिए। जसले गर्दा बादरले कोदो आईदिने आशाको पीर पनि हट्यो, विध्यालय पनि छुटेन हप्तौ लाग्ने काम एकै दिन सकियो।

 

अशक्त हजुरआमा , बिरामी भएकी कान्छी आमा उपचारका लागि भारतमा मजदुरी गर्दै आएका श्रीमान कहाँ गएको र घरको सम्पुर्ण जिम्मेवारी आशाकै काँधमा रहेको हुँदा सबै जना मिलेर सहयोग गरेको प्रधानाध्यापक बस्नेत बताउछन् #thankyou #RespectTeacher

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय