दाङ जिल्ला कारागारबाट एक कैदी आफूलाई अस्पताल लगिएको मौकामा प्रहरीकै मोटरसाइकल लिएर फरार भएका छन्। *

प्रहरीका अनुसार कर्तव्य ज्यान मुद्दामा २० वर्ष कैद तोकिएका दाङकै २८ वर्षीय यमराज परियार बिहीबार अस्पतालबाट भागेका हुन्। उनी जिल्ला कारागारका नाइके थिए।

छालासम्बन्धी रोग उपचारका लागि अस्पताल गएका बेला परियार प्रहरी जवान धनबहादुर चौधरी चढ्ने लु ३४ प ४१० नम्बरको मोटरसाइकल लिएर भागेका हुन्।*

उनी प्रहरी जवान चौधरीसँग त्यही मोटरसाइकलमा अस्पताल गएका थिए। उपचारका लागि हत्कडी खोल्नासाथ मोटरसाइकल चढेर उनी भागेको प्रहरी जवान चौधरीको भनाइ छ।

तर उनले यो जानकारी ढिला दिएको भन्दै उनलाई पनि प्रहरीले हिरासतमा लिएर अनुसन्धान गरिरहेको दाङ जिल्ला प्रहरी कार्यालयले जनाएको छ। भागेका कैदीको पनि लोकेसन पत्ता लागिसकेको र चाँडै पक्राउ पर्ने दाबी प्रहरीले गरेको छ।*

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय