बिहिबार , बैसाख २०, २०८१

ललितपुरको पाटन औद्योगिक क्षेत्रभित्र रहेको सगरमाथा अक्सिजन प्लान्टमा विष्फोट हुँदा एकजनाको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन् । एकजना घाइतेको अवस्था गम्भीर छ ।

घटनास्थलमा पुगेका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायका अनुसार घटनास्थल हेर्दा निकै शक्तिशालीका साथ विष्फोट भएको अनुमान गर्न सकिन्छ ।

मानिसका शरीरका टुक्रा झण्डै तीन सय परसम्म पनि भेटिएको छ, उद्योगको छाना केही बाँकी छैन,’ उनले भने, ‘धेरै नै इनर्जीका साथ विष्फोट भएको देखिन्छ ।’ घाइतेहरुलाई प्रहरीले तत्कालै उद्धार गरेर अस्पतालमा पठाएको उनले बताए ।

उद्योग सन्चालकका अनुसार विष्फोट हुने बेलामा १० जना कार्यरत थिए । एक जनाको मृत्यु भइसकेको छ । *

पाँच जना घाइतेहरु अस्पतालमा छन् भने दुई जना उद्योग सन्चालकको सम्पर्कमा आएका छन् । अन्यको अवस्था थाहा हुन सकेको छैन ।

अक्सिजन भर्ने क्रममा एक्कासी विष्फोट भएको महानगरीय प्रहरी परिसर, ललितपुरका एसपी सिद्धिविक्रम शाहले अनलाइनखबरलाई बताए । उनले घटनाको विस्तुत अनुसन्धान भइरहेको जानकारी दिए ।

घटनास्थलमा प्रमुख जिल्ला अधिकारी उपाध्यायसहित नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागको टोली पुगेको छ ।

र यो पनि
रबि लामिछाने को राष्ट्रिय स्वतन्त्र पार्टीबाट विजय, राजेश हमाल र धुर्मुसले चुनावमा लड्ने घोषणाले देशभर छायो खुशियाली हेर्नुहोस कून क्षेत्र बाट चुनाव उठ्ने

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय