शनिबार , बैसाख १५, २०८१

कतारको राम्रो कम्पनीमा बैदेशिक रोजगार तलब रु २ लाख ८ हजार हुने, साथै ओवरटाइम हुने
खान/बस्न सहित रोजगार । ९७ जना महिला/पुरुषहरुको माग । सरकारद्वारा स्वीकृत लट नम्वर:- 288576 (इच्छुकहरुले सिधै म्यानपावरमा सम्पर्क राख्नुहोला)
नेपालमा सञ्चालित निजी दूरसञ्चार कम्पनीको माउ कम्पनी मलेसियन आजियाटा ग्रुपले नेपालबाट बाहिरिने निर्णय गरेको छ। कम्पनीले नेपालमा व्यावसायिक चुनौती बढेको बताउँदै बाहिरिने निर्णय गरेको हो। योसँगै कम्पनीले आफ्नो ८० प्रतिशत स्वामित्व भएको ‘एनसेल’ बिक्रीमा राखेको छ।

एनसेल बिक्रीमा राखेसँगै यसलाई कसले खरिद गर्ला भन्ने विषय उठेको छ। जसमा खरिद गर्ने सम्भाव्य क्रेताका रूपमा नेपाली कांग्रेका सांसद तथा व्यावसायिक घराना चौधरी ग्रुप (सिजी) का अध्यक्ष विनोद चौधरी अग्रस्थानमा छन्।

cg inside
मोबाइल सेवा सञ्चालनका लागि कसरत गरिरहेको चौधरीको सिजी टेलिकमले लामो समयदेखि अनुमति पाउन सकेको छैन। त्यसैले एनसेल खरिद सिजीका लागि सुनौलो अवसर हुन सक्छ।

Arghakhachi CementShree Steel
एक दशकदेखि मोबाइल सेवा सञ्चालन प्रयास गरिरहेका चौधरी गत वर्ष मंसिरमा संघीय सांसद विजयी भएपछि र कांग्रेस नेतृत्वकै सरकार बनेपछि उनको सिजी टेलिकमले सहजै लाइसेन्स पाउने अनुमान गरिएको थियो।

तर, सरकारमा सहभागी प्रमुख दुई दल कांग्रेस र नेकपा (माओवादी केन्द्र) बीच नै कुरा नमिल्दा सिजीले टेलिकम लाइसेन्स अनुमति प्राप्त गर्न सकेको थिएन।

दूरसञ्चार प्राधिकरणका अनुसार सिजी टेलिकमको कुनै पनि प्रकारको बक्यौता छैन। करिब ६ महिनाअघि नै सिजीले सबै कानुनी प्रावधान र पूर्वसर्त मान्ने प्रतिबद्धता गरेको जनाउँदै लाइसेन्स दिने प्रक्रिया अघि बढाइ कागजात मगाउने र पेस भएका कागज जाँच्ने काम भइरहेको प्राधिकरणले जानकारी गराएको थियो।

याे पनि पढ्नुहाेस्

नेपालबाट लगानी झिक्ने एनसेलको निर्णय, यस्तो छ कारण
यद्यपि, कांग्रेसबाहेक माओवादी केन्द्र र एमालेसमेत सिजीलाई लाइसेन्स नदिने पक्षमा रहँदा लाइसेन्स प्रक्रिया रोकिएको प्राधिकरण

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय