झट्ट हेर्दा अनर्थ लाग्ने अर्थयुक्त तस्बिरहरु !

छोराको निधनपछि एक जनाले आफ्नै बुहारीसँग विवाह गरेका छन् । भारत, उत्तर प्रदेशको गोरखपुरमा एक ७० वर्षीय वृद्धले आफ्नी २८ वर्षीया बुहारीसँग विवाह गरेका हुन् ।दुवैको तस्बिर सामाजिक सञ्जालमा भाइरल भयो ।

यतिबेला यो खबर चर्चाको विषय बनेको छ ।जानकारी अनुसार यो घटना गोरखपुरको बधलगञ्ज चौकी क्षेत्रसँग सम्बन्धित छ । कैलाश यादव छपिया उमराव गाउँका बासिन्दा, उनी बरहलगञ्ज प्रहरी चौकीमा चौकीदार छन् ।

उनले बुहारी पूजासँग बिहे गरेका छन् । कैलाश ७० वर्षका छन् भन् पूजा २८ वर्षकी भइन् । यो जोडीबीच ४२ वर्षको अन्तर छ । सोहीकारण यो कुरालाई लिएर धेरैजना हैरान छन् । कैलाशकी श्रीमतीको १२ वर्षअघि नै मृत्यु भइसकेको थियो ।उनका चार सन्तान थिए ।

तर एक छोराको केही वर्षअघि मृत्यु भएको थियो । उनको मृत्युपछि उनकी बुहारी पूजा सोही घरमा बस्दै आएकी थिइन् । त्यसपछि कैलाशले उनीसँग विवाह गरेका हुन् । दुवैले आपसी सहमतिमा विवाह गरेको खबर सार्वजनिक भएको छ ।

छोराको मृत्युपछि कैलाशले बुहारीको अर्कैसँग बिहे गर्दिएका थिए । तर, सो विवाहमा केही समस्या आएपछि पूजा पुरानै घरमा फर्किइन् । घर फर्किएपछि उनी पहिलो पटक ससुरालीमा आइन् । त्यसपछि पूजाको भविष्यका लागि भनेर कैलाशले बुहारीसँग विवाह गरेका हुन् ।

यो कुरा प्रहरीसम्म पनि पुगेको छ । प्रहरीले भाइरल तस्विरबाट यो बिहेबारे थाहा पाएको उल्लेख गरेको छ ।प्रहरीका अनुसार यस सम्बन्धमा कुनै उजुरी परेको छैन ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय