बजाजले नयाँ वर्ष लक्षित स्कीम सार्वजनिक गरेको छ । कम्पनीले ‘बजाजको ५ पन्च’ नामक नयाँ स्कीम सार्वजनिक गरेको हो ।
यो स्कीम अन्तर्गत बजाजको मोटरसाइकल खरिद गर्दा ग्राहकले ५ चरणमा नगद छुट तथा नगद जित्ने मौका प्राप्त गर्नेछन् ।
बजाजको मोटरसाइकलको नेपालको लागि आधिकारी विक्रेता हंशराज हुलासचन्द एण्ड कम्पनीले ल्याएको यो स्कीम अन्तर्गत ग्राहकले पहिलो चरणमा बजाजको फेसबुक पोष्ट आफ्नो वालमा सेयर गरेर १ हजार नगद जित्न सक्नेछन् । त्यस पश्चात् दोस्रो चरणमा शोरुममा पुगेर मोटरसाइकल हेरेर एसएमएस गरी ५० हजार रुपैयाँसम्म नगद प्राप्त गर्न सक्नेछन् ।