दुखद खबर भख्खरै प्रचण्ड चढेर दिल्ली को लागि उडेको विमान दुर्घटना

काठमाडौं,१२ कार्तिक । यति ब्रुवरीको उत्पादन अर्ना बियरले भोलिबाट काठमाडौंमा सुरु हुन लागेको टी-२० विश्वकप एसिया क्षेत्रको छनोटमा नेपाली खेलाडीलाई नगदसहितको पुरस्कार योजना सार्वजनिक गरेको छ ।

अर्नाले आइतबार सामाजिक सञ्जालमार्फत उक्त पुरस्कार योजना घोषणा गरेको हो । अर्नाले सार्वजनिक गरेको उक्त पुरस्कार योजनाअन्तर्गत नेपालले खेल्ने खेलहरुमा प्रत्येक एक रन बराबर १ हजार, एक चौकाको थप १० हजार, र एक छक्का बराबर थप २० हजार नगद दिने भएको छ ।

भने बलिङतर्फ प्रतयेक मेडन ओभरमा १० हजार दिने भएको छ । त्यस्तै प्रत्येक डट बलमा थप १ हजार र प्रत्येक विकेट बापत २५ हजार थप रकम पुरस्कार दिने पनि अर्नाले जनाएको छ । अर्नाले गत भदौमा सम्पन्न एसिया कपमा पनि चौका, छक्का र विकेट लिने खेलाडीलाई पुरस्कार प्रदान गरेको थियो ।

८ टिम सहभागी प्रतियोगीतामा शीर्ष स्थानमा रहने दुई टिम अर्को वर्ष वेष्ट इन्डिज र अमेरिकाले संयुक्तरुपमा आयोजना गर्ने विश्वकपमा छनोट हुनेछन् ।

नेपाल समूह ए मा रहेको छ । नेपाल रहेको समूहमा नेपालसँगै सिंगापुर, ओमान र मलेसिया रहेका छन् । भने समूह बी मा यूएई, हङकङ, बहराईन र कुवेत रहेका छन् ।

नेपालले आफ्नो पहिलो खेलमा सोमबार बिहान ९ बजे त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सिंगापुरविरु४ भिड्दैछ ।

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय