
काठमाडौं, २२ असोज । मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई काठमाडौंमा कालो मोसो दलिएको छ । नेकपा (एमाले) निकट युवा संगठन राष्ट्रिय युवा संगठनका कार्यकार्ताले उनीमाथि कालोमोसो दलेका हुन् ।
यस अघि प्रसाईँले होटल एल्लो प्यागोडामा पत्रकार सम्मेलन राखेका थिए । पत्रकार सम्मेलन सकेर बाहिरिने क्रममा उनीमाथि कालोमोसो दलिएको हो ।
प्रसाईँले पत्रकार सम्मेलनका क्रममा विभिन्न व्यक्तिमाथि गाली गलौज गरेका थिए । प्रसाईँ विगत केही समयदेखि अराजक शैलीमा प्रस्तुत हुँदै आएका थिए ।
कालोसोसो दलेपछि ती व्यक्तिहरुले केपी ओली जिन्दावाद, महेश बस्नेत जिन्दावाद लगायतको नारा लगाएका थिए ।
प्रसाईँ केही समय अघिदेखि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था, बैंक तथा वित्तीय संस्था, लघुवित्तीय संस्थाको विरुद्धमा बोल्दै आएका थिए । पत्रकार सम्मेलनमा उनी विभिन्न व्यवसायिक घराना, व्यक्ति र बैक तथा वित्तीय संस्थाका विरुद्धमा उत्रिएका थिए ।
प्रसाईँले गरेको पत्रकार सम्मेलनका केही तस्विरहरु
प्रतिक्रिया दिनुहोस्
संबन्धित
बालसुधार गृहको पूर्वाधार र व्यवस्थापन दयनीय : मन्त्री आचार्य
काठमाडौँ, २२ असोज । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्रराज आचार्यले मुलुकका विभिन्न भागमा
ईयूले नेपालको संविधान र सङ्घीय शासनमा सहयोग गर्ने
काठमाडौँ, २२ असोज । नेपालका लागि युरोपियन युनियनका नवनियुक्त राजदूत भेरोनिक लोरेन्जोले नेपालको संविधान र
चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनीका पूर्व प्रमुख पार्टीबाट बर्खास्त
बेइजिङ, २२ असोज । चीनको सरकारी स्वामित्वको बैंकिङ कम्पनी, एभरब्राइट ग्रुपका पूर्व प्रमुखलाई ‘अनुशासन र
राष्ट्रपति पौडेलद्वारा