शनिबार , अषोज ६, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौं ।

जनता समाजवादी पार्टी (जसपा) वरिष्ठ नेता राजेन्द्र महतोले आफूहरूका राजनीतिक मुद्दाको सम्बोधन भए सत्ता गठबन्धनको ढोका खुल्ने बताएका छन्।

बिहीबार सेतोपाटीसँग कुराकानी गर्दै जसपा वरिष्ठ नेता महतोले मुद्दा फिर्ता लिनु सकारात्मक भए पनि सत्ता गठबन्धनका लागि संविधान संशोधन प्रक्रिया अघि बढ्नु पर्ने बताए।

‘पार्टीका नेता कार्यकर्तामाथि लगाइएका मुद्दा फिर्ता हुनु सकारात्मक संकेत हो। हाम्रा राजनीतिक मुद्दा बाँकी नै छन्। संविधान संशोधन, नागरिकता विधेयकलगायत हाम्रा एजेन्डा सम्बोधन हुनुपर्छ,’ उनले भने,’संविधान संशोधनका लागि कार्यदल बनेर गृहकार्य हुनुपर्छ।

उपेन्द्रजीले सरकार छोड्नुभएको पनि यही माग पूरा नभएर हो। कार्यदल बनेर अघि बढे सरकारमा सहभागिताको लागि ढोका खुल्छ।’

उनले सरकारले राजनीतिक मुद्दाहरू सम्बोधनका लागि प्रक्रिया अघि बढाए यसबारे पार्टीमा समेत छलफल गर्न सकिने बताए। उनले अब सरकार पक्षसँग यही विषयमा छलफल हुने बताए।

‘जुन कारणले हामीले सरकारलाई दिएको समर्थन फिर्ता लियौं। त्यसको सम्बोधन हुनुपर्छ। यस्तो अवस्थामा हामी पार्टीबाटै निर्णय गर्छौ,’ उनले भने,’पार्टीभित्र अहिले फरक-फरक विचार भए पनि निर्णय भइसकेपछि सबैको एकमत हुन्छ।’

सत्ता साझेदारीका लागि सरकारमा रहेको दलले विश्वसनीय वातावरण बनाउनु पर्ने उनको भनाइ छ। आफूहरूले उपयुक्त समयमा उपयुक्त निर्णय लिने उनले बताए।

‘सरकारलाई समर्थन चाहिएको भए जहाँबाट हाम्रो सम्बन्ध टुटेको छ, त्यहीँबाट छलफल सुरू हुनुपर्छ,’ उनले भने,’हाम्रो मुख्य एजेन्डा भनेकै संविधान संशोधन हो। किनकी यो संविधान थुप्रै त्रुटि छन्। यसलाई सम्बोधन गर्न जरूरी छ।’

सेतोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय