सोमबार , बैसाख २४, २०८१

बोल्न पटक्कै मन छैन। अझै भनौँ कमजोर स्वास्थ्यका कारण बोल्ने अवस्था नै छैन। छेउमै रहेका भारती मानन्धरका देवर भेट्न आउनेलाई हात जोडेर आग्रह गरिरहेका छन्, ‘स्वास्थ्य असाध्यै नाजुक छ, थोरै सोधिदिनुहोला।’ माइतीघर मण्डलको एक छेउमा मलिन अनुहारसहित बसिरहेकी भारती कहिले छोरो सम्झिन्छिन्, कहिले श्रीमान्, अनि बरर्र आँसु झार्छिन्।

ADVERTISEMENT
उति नै बेला उनको अनुहारमा आउँछ, जेलबाट छुटेर अबीरजात्रा गर्दै गाडीको लावालस्करसहित गाउँ पसेका रिगल भनिने योगराज ढकालको तस्बिर। चिच्याउन खोज्छिन्। तर त्यो चिच्चाहट मनमै दब्छ। मलिन स्वरमा भन्छिन्, ‘अब मलाई बाँच्न मन छैन।’ २०७२ सालमा योगराजले उनका श्रीमान् चेतन मानन्धरको दिनदहाडै नेपालगन्ज बजारमा खुँडाले हानेर हत्या गरेका थिए।

भारतबाट आउने बसहरूबाट अवैध हप्ता असुली गर्ने र गुन्डा नाइके भनेर चिनिने रिगलले हप्ता असुलीमा अवरोध गरेको भन्दै नेपालगन्जको सुर्खेतरोडस्थित एक होटलमा चेतन मानन्धरको खुँडा प्रहार गरी हत्या गरेको प्रहरी प्रतिवेदनमा उल्लेख छ। क्रूरतापूर्वक भएको हत्यालाई हत्या सावित गराएर रिगललाई कारावास पठाउन पनि भारतीको परिवारले लामो र कठिन संघर्ष गर्नुपरेको थियो।

‘अदालतको सिसा फोडेर, भोकभोकै आन्दोलन गरेपछि मात्रै रिगललाई थुनामा पठाउने निर्णय भएको थियो,’ भारतीले आँखाभरि आँसु पार्दै सुनाइन्। पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वमा गत भदौ २८ गते बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले रिगललाई असोज ३ गतेको संविधान दिवसमा आममाफी दिएका थिए।

त्यसपछि रिगल दाङको घोराहीस्थित जेलबाट छुटेर अबिर जात्रासहित गाउँ फर्किएको कुरा जतिपटक दिमागमा आउँछ, त्यति नै पटक भारतीको सास रोकिन खोज्छ। राष्ट्रपतिलाई चेतनकी पत्नीको प्रश्न : तपाईंकी छोरीलाई परेको भए मैले जस्तै रुँदै न्याय खोज्नु हुन्थ्यो? त्यो दिन भारती बुवाको १३ को काम सकेर घर फर्किएकी थिइन्। उनलाई बिहानैबाट फोन आइरहेको थियो। उठाउन पाइरहेकी थिइनन्।

म्यासेन्जरमा रिगलले आममाफी पाएको सन्देशसहितको भिडिओ आयो। हेर्दाहेर्दै भारतीका आँखा भरिए। केही बोल्न सकिनन्। एकोहोरो रोइरहिन्। धेरैबेर रोएपछि भारतीलाई राष्ट्रपति पौडेलको फोटो हेर्न मन लाग्यो। गुगलमा सर्च गरिन्। राष्ट्रपतिका थुप्रै किसिमका तस्बिर आए। सबै तस्बिरमा उनी शालीन देखिन्थे। भारतीको मनमा आयो, ‘देख्दा शालीन लाग्ने यस्तो मान्छेले कसरी सक्यो मान्छे मार्नेलाई आममाफी दिन?’

उनको प्रश्नको उत्तर दिने को थियो र ? उनी एकाएक बर्बराइन्, ‘ममाथि ठूलो अन्याय भयो।’ जनतालाई परेको अन्याय हेरेर न्याय दिनु-दिलाउनु सरकारको काम हो। तर, सरकारले नै गरेको अन्यायविरुद्ध कहाँ गएर न्याय माग्ने ? भारतीलाई थाहा छैन। अन्ततः भारतीले अरु धेरैले न्यायका लागि आवाज उठाउने गरेको माइतीघर मण्डलालाई रोजिन्। उनी बुधबारदेखि न्याय खोज्दै अनशनमा छिन्।

१४ वर्षमै प्रेम विवाह गरेकी भारतीले २० वर्ष लाग्ला नलाग्दै एक्लो हुनुपर्‍यो। ३ वर्षका दूधे बालक टुहुरा भए। त्यसले भारतीको मनःस्थिति खल्बलियो। मानसिक अवस्थामा कहिल्यै चैन भएन। लामो समय उनको काठमाडौंमा ल्याएर उपचार गरियो। भारती सम्झिन्छिन्, ‘त्यतिबेला

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय