शुक्रबार , बैसाख १४, २०८१

वीरगन्ज

अस्पतालमा बेड नपाएर आफ्नै घरको होम आइशोलेसनमा बस्न बाध्य भएका कोरोना संक्रमतिलाई वीरगन्ज महानगरपालिकाले उनीहरुको घरमै पुगेर औषधी वितरण गर्न थालेको छ।

बुधबारदेखि महानगरपालिकाले होम आइशोलेसनमा बसेका संक्रमितहरुलाई घरमै पुगेर निशुःल्क औषधी बाँड्न थालेको हो।

पहिलो दिन बुधबार महानगरका नगर प्रमुख विजयकुमार सरावगीले वडा नम्बर ५ स्थित एकै परिवारका ५ जना संक्रमतिलाई उनीहरुको घरमै पुगेर औषधी बाडेका थिए।

जिल्ला प्रशासन कार्यालयकाअनुसार पर्सा जिल्लामा हाल ९ सयभन्दा बढी संक्रमित होम आइशोलेसनमा छन्। तीमध्ये ९० प्रतिशत संक्रमित वीरगन्ज महानगरका छन्।

अस्पतालमा बेडको कमिले आफ्नै घरको होम आइशोलेसनमा बस्न बाध्य संक्रमतिहरुको उपचार प्रभावित नहोस् भनेर महानगरपालिकाले बु्धबारदेखि उनीहरुको घरघरमै पुगेर आवश्यक औषधी नि:शुल्क बाड्न थालेको नगर प्रमुख सरावगीले बताए।

महानगरका होम आइशलेसनमा रहेका सबै संक्रमितहरुको घरघरमै महानगरका स्वास्थ्यकर्मीहरु पुगेर औषधी वितरण गर्ने उनले बताए।

औषधी आवश्यक परेमा महामनगरका स्वास्थ्यकर्मी जहिर आलमको मोबाइल नम्बर ९८६०१३४५२३ मा फोन गरेर निशुल्क औषधी लिन सक्ने जानकारी उनले दिए।

महानगरपालिकाले बाँड्न थालेको औषधीको प्याकेटमा संक्रमितका लागि १० दिन पुग्ने आवश्यक ८ प्रकारका औषधी छन्।

नगर प्रमुख सरावगीले जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र डीसिएमसीले ठाँउ उपलब्ध गराइ दिएको खण्डमा महानगरपालिकाले तत्कालै २ सय बेडको आइशोलेसन वार्ड स्थापना गरी सञ्चालन गर्ने पनि बताए।

नि:शुल्क अक्सिजन वितरण सुरु
महानगरपालिकाले नै अक्सिजन बैंक स्थापना गरी बुधबारदेखि नि:शु्ल्क अक्सिजन वितरण गर्ने सेवा पनि शुरु गरेको छ। सम्पूर्ण लायन्स क्लब अफ वीरगन्जको साझेदारीमा महानगरपालिकाले बुधबारदेखि नि:शुल्क अक्सिजन सेवा शुरु गरेको हो।

अक्सिजनको अभावका कारण होम आइशोलेसनमा रहेका संक्रमितको जीवन जोखिममा परेकाले त्यसैलाई मध्यनजर गरेर निशुल्क रुपमा अक्सिजन वितरण गर्ने सेवा सुरु गरिएको नगरप्रमुख विजय कुमार सरावगीले बताए । होम आइसोलेशनमा उपचार गराई रहेका संक्रमितहरुको स्वास्थ्य अवस्था जानकारी लिन हरेक वडा कार्यालयमार्फत प्यारामेडिकलसहितको स्वास्थ्यकर्मी परिचालन पनि गरिएको नगर प्रमुख सरावगीले वताए।

annapurna post

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय