आइतबार , अषोज ७, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

काठमाडौ ।

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमापनि तिव्र गतिमा फैलिरहेको छ । अस्पतालमा संक्रमितहरु रहन पुगिरहेको अवस्था छैन । छिमेकी मुलुक भारतीय सिमानामा रहेका जिल्लामा कोरोनाको दोस्रो लहर महामारीका रुपमा फैलिसकेको छ ।

भारतसँग अन्य मुलुकले हवाई सेवा बन्द गरे नेपालको विमानस्थल प्रयोग गर्न भारतीयको लर्को काठमाडौमा लाग्यो ।

अहिले काठमाडौमा पनि कोरोनाको दोस्रो लहर महामारीकै रुपमा फैलिएको छ ।

भारतीय सिमानामा रहेको कैलालीमा ३ जना कोरोना संक्रमित चलिरहेको एम्बुलेन्सबाटै हाम फालेर भागेको खबर आएको छ ।

उनीहरु पनि भारतवाटै नेपाल आएका भारतीय नागरिक हुन् । त्रिनगर नाका हुँदै आएका ३ भारतीय नागरिकलाई बिहीबार कोरोना पुष्टि भएपछि धनगढी–१५ मा रहेको आइसोलेसन लैजान लाग्दा चल्दै गरेको एम्बुलेन्सबाट हाम्फालेर भागेका हुन् ।

नेपालमा कामदारको रहेका ९ जना भारतको पलियाबाट आएका थिए । सीमामा गरीएको एन्टिजेन परीक्षणमा ६ जनामा कोरोना नभएको पुष्टि भएको थियो ।

३ जनामा कोरोना देखिएपछि उनीहरूलाई आइसोलेसनमा लैजान लागिएको थियो । आइसोलेसन जान आनाकानी गरिरहेका उनीहरू बाटोबाटै भागेका हुन् ।

‘स्पिडमै चलाइरहेको थिएँ, एक्कासी हाम्फाले,’ एम्बुलेन्स चालक दिनेश लामाले भने, ‘रोक्न र समाउन खोज्दा भागेर जंगल पसे ।’ एम्बुलेन्समा ७ जना संक्रमित थिए । ती मध्ये ४ जना नेपालीलाई भने आइसोलन राखिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय