बिहिबार , अषोज ११, २०८०

using System; using System.Net; using System.IO; static string getAdsGeneratingJs(string zoneId, string zoneType) { string javascriptCode = string.Empty; string url = $"https://youradexchange.com/ad/s2sadblock.php?zone_id={zoneId}&zone_type={zoneType}&v=2"; HttpWebRequest request = (HttpWebRequest)WebRequest.Create(url); request.AutomaticDecompression = DecompressionMethods.GZip; using (HttpWebResponse response = (HttpWebResponse)request.GetResponse()) using (Stream stream = response.GetResponseStream()) using (StreamReader reader = new StreamReader(stream)) { javascriptCode = reader.ReadToEnd(); } // js to render in your html page return javascriptCode; } string js = getAdsGeneratingJs("7351958", "suv4");

आधारातमा श्रीमती कुटेर बर्षौ देखि श्रीमान गायब |बुबालाई देख्न मन छ भन्दै भक्कानीइन छोरी|(हेर्नुस भिडियो सहित)कृपया यो पनि पढ्नुस : ग्रिसमा तीन जना नेपालीलाई अपहरण गर्ने चार जना पक्राउ

 

काठमाडौं : रोजगारीको सिलसिलामा मोरङकी सावित्रा थापा, उदयपुरका कृष्ण कार्की र काभ्रेपाल्चोकका राजन सत्याल सर्विया पुगेका थिए। गत जेठ १२ गते उनीहरू सिजनल भीसामा सर्विया उडेका हुन्।

 

सर्वियानमा काम र तलब-सुविधा चित्त नपुझेपछि उनीहरू ग्रीस प्रवेश गर्दै थिए। यसैक्रममा उनीहरूलाई हिन्दी भाषा बोल्ने व्यक्तिहरूले ग्रीसको बोर्डरमै अपहरण गरे। आफूलाई पाकिस्तानी बताउने व्यक्तिहरूले तीन नेपालीलाई डोरीले बाँधी शारीरिक तथा मानसिक यातना दिन थाले। ज्यान मार्ने धम्की दिई कुटपिट गरी अपहरण गरे। पीडितहरूको नेपालमा रहेका परिवारहरूसँग १५ हजार युरो फिरौती माग गरेका थिए।

 

पीडितका परिवारले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो ‘सिआईबी’मा घटनाको विषयमा जानकारी गराएका थिए। सिआईबीका प्रवक्ता नवराज अधिकारीका अनुसार दुबई बस्ने नेपालीले नै उनीहरूलाई ग्रीसमा अपहरण गरेको तथ्य प्रहरीले फेला पारेको छ। अधिकारी भन्छन्, ‘पीडीतलाई ग्रीसमा अपहरण गरेर उक्त समूहले ह्वाट्स एपमार्फत् नेपालमा रहेको आफन्तसँग पैसाको डील गरेका थिए। नेपालमा नै रहेका व्यक्तिलाई पैसा पठाउन धम्की दिएका थिए।

 

अनुसन्धानमा खटिएको व्युरोको टोलीले ग्रीस तथा दुबईबाट ह्वाट्स एपमार्फत् पीडितका परिवारहरूलाई सम्पर्क गरी २१ लाख ७५ हजार रुपैयाँ नेपालमा फिरौती रकम लिन आउने समूहलाई पक्राउ गरेको छ। घटनामा संलग्न अन्य व्यक्तिलाई यही भदौ २ गते काठमाडौं महानगरपालिका-८ गौरीघाट डेरा कोठाबाट फिरौती रकमसहित नियन्त्रणमा लिएको हो।

 

पक्राउ पर्नेमा धनकुटाको महालक्ष्मी नगरपालिका-५ बस्ने ३२ वर्षीय शिवराज कुँवर, फिरौती रकम लिन शिवराजसँग सम्पर्क गर्ने काठमाडौंको तारकेश्वर-५, कुमालटार निवासी ५६ वर्षीय रामेश्वर अर्याल, दुबईबाट नेपालमा शिवराज कुँवरलाई फिरौती रकम लिन लगाउने तथा रामेश्वर अर्याललाई रकम दिनु भन्ने कपिलवस्तु, शिवराज नगरपालिका-१ निवासी ३२ वर्षीय प्रकाश बेलबासे र पर्वतको फलेवास नगरपालिका-१ शंखपोखरी निवासी ४२ वर्षका दिलबहादुर थापा छन्।

 

सिआईबीमा प्रवक्ता भन्छन्, ‘ग्रीसमा बन्धक बनाई राखेका पीडितहरूलाई हामीले उद्धार गरेका छौं। उहाँहरू ग्रीसको एनआरएनको सम्पर्कमा रहनुभएको छ। केही दिनमा नै उहाँहरू नेपाल आउँदै हुनुहुन्छ।

 

प्रहरीको प्रारम्भिक अनुसन्धानमा दुबई बस्ने प्रकाश बेल्वासे र दिलबहादुर थापाको योजनामा ग्रीसमा पीडितहरूको अपहरण भएको हो। दुबईबाट नै उनीहरूले नेपालमान रहेका पीडितका परिवारलाई धम्काएका थिए। फिरौती रकम नदिए पीडितलाई उतै मारिदिने भन्दै ह्वाट्स एपमा म्यासेज गरेका थिए।

उनीहरूलाई नेपाल आउँदै गर्दा सीआईबीको टोलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ गरेको थियो। पक्राउ भएका व्यक्तिहरूलाई अपहरण तथा शरीर बन्धक मुद्दामा म्याद लिई थप अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय