१० कक्षा पढ्दै गर्दा ट्युसन पढाउने सरसँग प्रेम गर्न पुगेछु । त्यो बेला म १६ वर्षकी थिएँ । उहाँ मेरो घरमा ट्युसन पढाउन आउनु हुन्थ्यो । प्रत्येक दिन जसो मेरो कोठामै हामीबीच यौनसम्पर्क हुने गथ्र्यो । सरलाई मेरो परिवारका सबैले अत्यन्तै आदर गर्नुहुन्थ्यो र मेरो पढाईको सम्पूर्ण जिम्मा उहाँलाई नै दिनु भएको थियो । उहाँ विवाहित भएकाले हामीबीच यस्तो सम्बन्ध होला भनेर उहाँहरु कल्पना पनि गर्नसक्नु भएन । म उहाँको घर पनि गइरहन्थें । उहाँको परिवार ठिक चलिरहेकाले हामी हाम्रो सम्बन्धका विषयमा क्लियर थियौं । त्यसैले तनाव बिना यो विश्वासको फाइदा उठाइरह्यौं ।

आजभोलि म विदेश आएकी छु । अहिले आएर मलाई त्यो सम्बन्ध केवल सामान्य यौनसम्बन्ध मात्र थिएन, मेरो हकमा त्यो पहिलो प्रेम रहेछ भन्ने थाहा भयो । यसले मलाई बेलाबखत झस्का दिइरहन्छ । म अरुसँग प्रेम गर्न सकिरहेकी छैन । बरु पुनारो घट्नालाई सम्झेर पश्चाताप लाग्न थालेको छ । किनभने म उहाँसँग विवाह गर्न सक्तिन र उहाँले पनि त्यो समयलाई त्यहीँ छाडेर अघि बडिसक्नु भएको छ । अब पश्च्यताप गरेर पनि अर्थ छैन । मेरो यो स्वाभावमा कसरी सुधार ल्याउने होला ? रोजी, काठामान्डौं । हालः अस्ट्रेलिया

तपाईको सानो उमेरमा प्रेममा परिसक्नुभएको रहेछ । जीवनमा टिन एज (किशोरी अवस्था) मा अर्थात १९ बर्ष भन्दा कम उमेरमा बिपरीत लिंगप्रति आकषिर्त हुनु स्वाभाविक नै हो । यस उमेरमा हामीलाई धेरै कुरा थाहा हुँदैन । कुनै कुरा थाह नभइ बसेको माया नै सायद माया हो । तर हामी समाजिक प्राणी हौं । समाजका आफ्नै नियम छन् ।

तपाईंले माथि यो सम्बन्धलाई प्रेम हो भन्नु भयो । तर सँगै पश्च्याताप लागेको पनि बताउनु भयो । प्रेममा पश्च्यताप हुँदैन । जब तपाईंलाई त्यो नभएको भए हुन्थ्यो भन्ने लाग्छ, के बुझ्नु पर्छ भने त्यो प्रेम नभएर यौवनको आकर्षण मात्रै हो । सित्तैमा पाएको आकर्षक सामग्री केटाकेटीले खेल्दा जुन उन्मुक्ति अनुभव गर्छन्, सायद तपाईं त्यही उन्मुक्तिमा हुनुहुन्थ्यो । त्यसैकारण ती घटनाको सम्झना आउँछ । साथै अहिले पश्च्यताप पनि हुन्छ ।

कसैप्रति आकर्षण र वास्तविक प्रेम सम्वन्ध फरक कुरा हुन । यस उमेरमा भएका तपाईका घट्ना अस्वाभाविक होइनन् । तर प्रेम र यौनका गतिबिधिहरुमा हामीले देश, समाज र परिवेशले निर्धारण गरेको मापदण्ड अनुसार आफूलाई समायोजन गर्नुपर्ने हुन्छ । यस अन्तर्गत आफ्ना ब्यक्तिगत मापदण्ड बनाउन सकिन्छ । प्रेम र यौन बारे आफैले पनि एकपटक गम्भीर भएर सोचेमा अगाडि बढ्ने कि नबढ्ने भन्ने परिपक्व निर्णय गर्न मद्दत पुग्नेछ । सामान्यरुपमा सोच्दा पनि हामीले अहिलेको सूचना प्रविधिको विकासलाई सदुपयोग गरिरहेका छैनौं । आफ्ना राम्रा पक्षमा गौरब गर्न छोडेका छौं । तिनलाई

प्रतिक्रिया

सम्बन्धित खवर

प्रचण्ड सरकारको एक वर्ष : अन्तिम अवसर पनि गुमाउँदैछन् प्रचण्ड प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको छ । यो उहाँलाई इतिहासले दिएको एउटा अन्तिम अवसर थियो । त्यो समय उहाँले गुजार्नुभयो । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । तर उहाँले यसको ऐतिहासिक दायित्वबोध नै गर्नुभएन । 2 9.7k Shares facebook sharing button twitter sharing button messenger sharing button whatsapp sharing button डा. बाबुराम भट्टराई डा. बाबुराम भट्टराई २०८० मंसिर २९ गते २२:०९ इतिहासले प्रचण्डजीलाई एउटा अन्तिम अवसर दिएको थियो । तर प्रचण्ड सरकारको एक वर्ष हेर्दा उहाँले अवसर गुमाउँदै जानुभएको देखिन्छ । मैले पनि उहाँलाई सघाउँछु भन्ने प्रतिबद्धता गरेकै हो । गत आम निर्वाचनमा मैले नै प्रचण्डजीलाई गोरखामा आमन्त्रण गरेको हुँ । त्यहाँ मानिसहरूले भने जस्तो कुनै लेनदेन थिएन । पटक–पटक सत्तामा बसिरहनुहुँदैन । सडक, सदन र सरकारको तीन स्थानबाट गतिविधि अगाडि बढाएर मात्रै समाज रूपान्तरण हुन्छ भन्ने मान्यता राख्छु । मुख्यतः सडक हो भन्नेमा विश्वास गर्ने भएकोले म आफू नउठ्ने भन्ने थियो । मैले उहाँलाई भित्रैदेखि साँच्चै सहयोग गर्न खोजेको के थियो भने जे भए पनि हिजो त्यति ठूलो आन्दोलन गरेर आएका सहकर्मी हुनुहुन्छ । शान्ति प्रक्रिया लगायत कतिपय कामहरू अझै टुंग्याउन बाँकी पनि छन् ।

ताजा समाचार

लोकप्रिय