मान्छे मरेको ८ घन्टाभित्र खबर गर्नुस्, कुदेर आउछौं र फेरि जीवित पार्छौं’काठमाडौं । अद्भूत स्मरण शक्तिको दाबी गरेर सामाजिक सञ्जालमा भाइरल भएका युवक विजय शाही केही समयदेखि गुमनाम थिए । अहिले फेरि उनी

अर्को झनै अपत्यारिलो कुरा गर्दै ‘कमब्याक’ भएका छन् ।आज बिहान टिकटकमा एक घण्टाभन्दा बढी समय लाइभ बसेर शाहीले ‘मरेको मान्छे बचाउन सक्ने’ गफ हाँके । आफूसँग २१ जनाको टीम रहेको भन्दै उनले मरेको चरा बचाएर देखाइसकेको दाबी गरे ।

‘हामीले पूर्वमन्त्रीज्यूकै अगाडि मरेको चरा बचाइदिएका छौं । पूर्वमन्त्रीज्यू आफैंले चरा मार्नुभयो, त्यसलाई हाम्रो टीमले फेरि ज्यूँदो बनाइदियो,’ शाहीले भने ।चरामा गरिएको परीक्षण सफल भएपछि अब मान्छेमा गर्न लागेको उनको भनाइ छ । यसका लागि भर्खरै मरेको ताजा लास खोज्न अस्पताल जान लागेको उनले बताए ।

शाहीको दाबीअनुसार उनको टीमले चारवटा कारणले अकालमा मरेका मान्छेलाई बचाउन सक्छन् । पहिलो, सर्पले टोकेको, दोस्रो पानीमा डुबेको, तेस्रो हृदयघात भएको र चौथो निसास्सिएर मरेको ।यदि यस्ता घटनाहरू तपाईंका वरिपरी भएका छन् भने तुरुन्त यो नम्बरमा फोन गर्नुस्, हामी दौडेर आइहाल्छौं,’ फोन नम्बर पनि सार्वजनिक गर्दै उनले भने ।

मृत्यु भएको आठ घन्टाभित्र आफूहरूले भेट्टाए बचाउन सक्ने उनको दाबी छ । कालगतिले वा वृद्धावस्थाले मरेकाहरूलाई भने बचाउन नसक्ने शाहीले बताए ।

‘जो कालगतिले मर्नुभएको छ, उहाँहरूको लासलाई हामी छुँदा पनि छुँदैनौं, हामीले बचाउने भनेको अकालमा मरेकाहरुलाई मात्र हो,’ उनले भने ।

स्वास्थ्यविदहरू समेत रहेको आफ्नो टीमले मरेको प्राणीलाई फेरि ज्यूँदो बनाउन सक्ने केमिकल विकास गरेको शाहीले बताए । प्रधानमन्त्री कार्यालयदेखि स्वास्थ्ययसअघि शाही कुनै पनि पुस्तक

एकैछिन पल्टाएको भरमा कन्ठाग्र पार्न सक्ने दाबी गरेर चर्चामा आएका थिए । सुरूमा सबैको प्रशंसा पाए पनि बिस्तारै उनको क्षमतामाथि धेरै प्रश्नहरु उठे । उनलाई ठगको संज्ञासमेत दिइयो ।

त्यसपछि उनी गुमनाम भए । बीचमा एकपटक उनको मृत्यु भएको हल्ला फैलियो । सामाजिक सञ्जालमा धेरैले श्रद्धाञ्जली पनि दिए । तर, प्रहरीले शाहीलाई उनकै घरमा सकुशल फेला पारेको थियो । शाही आफैंले आफ्नो मृत्युको प्रचार गरेको दाबी गरिएको छ ।

केहीसमयअघि उनको ह्वीलचेयरमा बसेको तस्वीर र भिडिओ सार्वजनिक भएको थियो । उनले आफू एकाएक अशक्त भएको बताएका थिए । यस विषयमा आज उनले आफूलाई नशाको रोग लागेको र अहिले ठीक भएको जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय