विवाह र विवादपछि सोविताः सबै कुरा नोट गरेर बसेकी छु, कमेन्ट गर्ने कसैलाई पनि छोड्दिनँ‘म जापानमा हुँदा मेरो बुबाले भन्नुभयो– यो कुरामा तेरो आमाले कति पीर गरेकी छ, मलाई थाहा छैन ऊ मरी भने के हुन्छराष्ट्रिय स्वतन्त्र पार्टीकी केन्द्रीय तथा प्रतिनिधिसभा सदस्य सोविता गौतमले विवाहपछि आफू र आफ्नो परिवारविरूद्ध प्रमाणविना नकारात्मक कमेन्ट् गर्ने कसैलाई पनि नछाेडने बताएकी छिन्।

व्यवसायी गृहेन्द्र घिमिरेसँग जेठ ७ गते विवाह गरेकी सोविताले आफ्नो विवाहपछि केही मिडिया र व्यक्तिहरूले भ्रम फैलाएको आरोप लगाउँदै ती सबैलाई कानुनी दायरामा ल्याउने बताइन्।

विवाहपश्चात जापान पुगेर फर्किएपछि काठमाडाैँमा एउटा पाेडकास्टसँग कुराकानी गर्दैजाँदा सोविताले आफ्नो विवाहबारे फैलाइएका नकारात्मक कुराले आफू र आफ्नो परिवारको मन भाँचिएको र सबैलाई कारबाहीको दायरामा ल्याउने बनाइन्।

यस्तो छ सोविता गौतमले पाेडकास्टलाई दिएको अभिव्यक्तिको अंशः

आफ्नो जीवन हो, त्यो। अकाट्य सत्य हो, मेरो जीवनमा जे छ त्यो वास्तविकतामा छ भने त्यो अकाट्य सत्य हो। सबै मान्छेले थाहा पाएर पनि केही हुँदैन, नथाहा पाएर केही पनि हुँदैन क्या… किनभने त्यो सत्य चिज हो। तर समाजलाई हेरेर यो समाजले भनम् आफ्नो केही कुराहरूले समाजलाई हुनत केही पनि असर पार्ने त हुँदैन तैपनि कस्तो छ भनेर देखिरहेको हुन्छ नि किन यो नकारात्मक ऊर्जा आफूले लिने भनेर

प्राइभेट लाइफ चाहिँ पब्लिकमा ल्याएर आउन मन लाग्दैन क्या। मेरो विचार कसैको डिस्कसनको टपिक् बनोस् तर मेरो व्यक्तिगत जीवन चाहिँ मान्छेको डिस्कसनको टपिकको विषय नबनोस् जस्ताे भन्ने लाग्छ मलाई। आज मात्र होइन पहिलैदेखि मैले यहीँ नै सोच्थेँ। प्राय: मेरा धेरै जना साथीहरूलाई थाहा छैन, म को हुँ ? के हुँ ? कस्तो हो ? धेरै जनालाई थाहा छैन। मलाई भन्न पनि मन लाग्दैन किनभने मेरो व्यक्तिगत जीवन मेरो हो नि त।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय