संसारमा पुरुष बनाउने जीन समाप्त हुँदै, महिलाको मात्रै अस्तित्वमा रहनसक्ने !मानव र अन्य स्तनधारी प्राणीहरूको लिंग वाई क्रोमोजोममा निर्भर रहन्छ। कुनै पनि व्यक्तिको लिंगको निर्धारण क्रोमोजममा निर्भर रहन्छ ।

प्रोसिडिङ्स अफ द नेशनल एकेडेमी अफ साइन्समा प्रकाशित अनुसन्धानका अनुसार पुरुषमा वाई क्रोमोजोम बिस्तारै हराउँदै गएको छ । यसको स्थानमा नयाँ लिंग जीन विकास भएन भने पुरुष संसारबाट लोप हुने वैज्ञानिकहरुको अनुमान रहेको छ ।

काठमाण्डौं । मानव र अन्य स्तनधारी प्राणीहरूको लिंग वाई क्रोमोजोममा निर्भर रहन्छ। कुनै पनि व्यक्तिको लिंगको निर्धारण क्रोमोजममा निर्भर रहन्छ ।

प्रोसिडिङ्स अफ द नेशनल एकेडेमी अफ साइन्समा प्रकाशित अनुसन्धानका अनुसार पुरुषमा वाई क्रोमोजोम बिस्तारै हराउँदै गएको छ । यसको स्थानमा नयाँ लिंग जीन विकास भएन भने पुरुष संसारबाट लोप हुने वैज्ञानिकहरुको अनुमान रहेको छ ।

वाई क्रोमोजोमले बच्चाको लिंग निर्धारण गर्छ
मानिस र अन्य स्तनधारीको कुरा गर्दा स्त्री जातिसँग दुईवटा एक्स क्रोमोजोम हुन्छन् । तर, पुरुषमा भने एक्स क्रोमोजोमसँगै सानो वाई क्रोमोजोम पनि हुन्छ। एक्स क्रोमोजोममा ९ सय वटा जीनहरू हुन्छन् । लिंग निर्धारणसँग यसका कुनै सरोकार राख्दैन ।

वाई क्रोमोजोममा ५५ वटा जीनहरू हुन्छन् । यो क्रोमोजोम आकारमा सानो हुन हुन्छ, तर यसको काम ठूलो र महत्त्वपूर्ण छ। यसमा एक आवश्यक जीन एसआरवाई हुन्छ,

जसले गर्भधारण भएको १२ हप्तापछि बच्चामा अण्डकोषको विकास गर्न भूमिका निर्वाह गर्छ । भ्रूणमा यी अण्डकोषले पुरुष हर्मोनको उत्सर्जन गर्दछ, जसको कारण पुरुष लिंग भएको बच्चा जन्मन्छ।

हराउँदै छ वाई क्रोमोजोम
अनुसन्धानका अनुसार पुरुष मानव र अन्य स्तनधारीहरुमा वाई क्रोमोजोम घट्दै गएको छ । यो अनुमान अस्ट्रेलियाली प्लैटिपसद्वारा गरिएको छ।

यिनीहरुमा एक्स र वाई क्रोमोजोमको जिन संख्या बराबर रहेको हुन्छ । यसबाट वैज्ञानिकहरूले पत्ता लगाएका छन की कुनै समय मानिसमा पनि एक्स र वााई क्रोमोजोमको जीनको संख्या बराबर थियो। यसको मतलब वाई क्रोमोजोममा पनि ५५ को सट्टा ९०० वटा नै जिन थिए ।

यसबाट अनुमान लगाउन सकिन्छ कि १६ करोड ६० लाख वर्षमा मानिसले वाई क्रोमोजोमका ८४५ जीन गुमाएको छ । यसको मतलब हामीले प्रत्येक १० लाख वर्षमा वाई क्रोमोजममा हुने

५ वटा जीनहरु गुमाइरहेका छौं । यदि वाई क्रोमोजमबाट जीनको संख्या घट्ने क्रम आगामी १ दशमलब १ करोड वर्षमा वाई क्रोमोजम पूर्ण रुपमा नस्ट हुने वैज्ञानिकहरुले अनुमान गरेका छन् ।

मुसामाथि अध्ययन
मुसाका दुई प्रजातिले वाई क्रोमोजोम गुमाए पनि अझै लोप भएका छैनन् । यी पूर्वी युरोपका मोल वोल्स र जापानको स्पाइनी मुसा हुन्। शोधकर्ताहरूले तिनीहरूमा एक्स क्रोमोजोम मात्र फेला पारेका छन्। ती मुसामा एसआरवाई जीन पनि भेटिएको छैन ।

वैज्ञानिकहरूले मोल वोल्स मुसामा एसओएक्स नाइन भनिने यौन जीन भएको पत्ता लगाएका छन्। पुरुष मुसामा यो जीनसँग डुप्लिकेट डीएनए भेटियो। सोहीमार्फत नै एसवोएक्स नाइन जीनले एसआरवाई जस्तै काम गर्ने गरेको छ ।

सोही डीएनए गतिविधिले भाले र पोथी मुसालाई एकअर्काबाट अलग गर्छ। भविष्यमा यो सम्भव छ कि मानिसमा पनि कुनै दोस्रो जीन एसआरवाई जीनको विकास हुन सक्छ अथवा कुनै नयाँ लैंगिक जीनको विकास हुनसक्छ ।

-एजेन्सी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय